

जुम्ला,साउन १९ गते ।
जुम्लाबाट सुर्खेत जादै गरेको जीप दुर्घटना परेको छ । सो गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकाेटमा गाडि दुर्घटनामा परेको जानकारी दिनुभयो । उहाँले गाडि कर्णाली राजमार्ग सड्क तल खसेर दुर्घटना भएको छ । उहाँका अनुसार मानवीय क्षेति नभएको र बाचिएको बताउनुभयो । उहाँले हेलिकोप्टरले उद्दार गरेर सुर्खेतको बाबियाचौरमा लिएको र उड्ने तयारी भईरहेको जानकारी दिनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार विहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका छन् । जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चाेट लागेर गम्भिर घाईते हुनु भएको छ ।
प्रहरीका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा. ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाईते हुनु भएको छ । यसैगरी उक्त गाडिका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाईते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा घाईते हुनुभएका रुवी थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर हुनुहुन्छ ।