OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ७, २०८२
२४८ पटक

६ साउन २०८२, मंगलबार

जुम्ला: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात पटकसम्म अपराधमा संलग्न व्यक्तिलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।

वीरेन्द्रनगर नगरपालिका १ सुर्खेत निवासी ४० वर्षीय विनोद गिरीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा पक्राउ गरी अनुसन्धान थालेको हो । यही साउन ३ गते बेलुका ५ः०० बजे वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित भिजिट कर्णाली रिसोर्ट प्रा.लि.मा कार्यरत कर्मचारीलाई खुकुरी तथा हातको मुक्का प्रहार गरी सख्त घाईते बनाएर फरार रहेका उनलाई प्रहरी खोजतलास गरी साउन ४ गते सोही वडाबाट राति ८ः०० बजे पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले पक्राउपश्चात् अभियुक्त गिरीलाई हिरासतमा राखेर ज्यान मार्ने उद्योगको कसुरमा आवश्यक अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार पृष्ठभूमि अध्ययन गर्दा आरोपित गिरी योसहित अहिलेसम्म सात पटकसम्म अपराधिक कार्यमा संलग्न रहेर समाजमा डर, त्रास र अशान्तिपूर्ण वातावरण सिर्जना गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अभिलेख अनुसार गिरीलाई वि.सं.२०७० मंसिर २८ गते नगद तथा जिन्सी समान लुटपाट गरेको आरोपमा डाँका चोरी, सोही वर्ष चैत २७ गते एक व्यक्तिलाई हेल्मेटले हानी सख्त घाईते बनाएको आरोपमा ज्यान मार्ने उद्योग, ०७१ असोज २६ गते सार्वजनिक अपराध, ०७२ चैत २७ गते ज्यान मार्ने उद्योग, ०७८ भदौ ११ गते धारिलो हतियार खुकुरी, तरबार र खुँडासमेत प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग र ०८० जेठ १० गते खुँडा, नक र रड प्रहार गरी सख्त घाईते बनाएको आरोपमा ज्यान मार्ने उद्योग मुद्दा चलाईएको थियो ।

प्रतिकृया दिनुहोस्