OnlinePana

आज : २०८२ आषाढ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २०, २०८२
७ पटक

२० असार २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजबाट औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले गर्नुभयो ।

समारोहमा बोल्दै सदस्य योगीले उद्यमीहरुको उत्सवका रुपमा औद्योगिक प्रदर्शनी भएको बताउनुभयो । कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेको बताउँदै तिनको प्रवद्र्धन र विकास गरी महिला, अपांगता, एकल महिला र दलितमैत्री बनाउने जनाउनुभयो । कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको उहाँको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयातलाई प्रतिस्थापन गरी निर्यात वृद्धि गर्न उत्पादन बढाउनतर्फ लाग्नुपर्दछ । उत्पादन र उपभोक्ताबीच संयोजनबाट उपभोक्तामुखी बजारको निर्माण गर्नुपर्दछ ।” सदस्य योगीले कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनामा सीप र श्रमलाई सम्मान गर्दै यसलाई पूँजीमा रुपान्तरण गर्ने रणनीति अगाडि सारेको बताउनुभयो ।

प्रदर्शनीमा उद्यमीहरुले यहाँ उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडिबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका वस्तुहरु राखेका छन् । उक्त प्रदर्शनीमा प्रथम द्वितिय र तृतीय हुने उद्यमीलाई निर्देशनालयले क्रमश रु.५०, ३० र २० हजार पुरस्कार प्रदान गरिने निर्देशक देवीलाल सापकोटाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा ६५ स्टल राखिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा आयोजित प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्