OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १५, २०८२
२२३ पटक

१५ असार २०८२, आईतबार

कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

विसं.२०८१ को चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा बिदा दिईएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले सूचनामार्फत जानकारी दिनुभयो ।

प्रकाशित मन्त्रालयको सूचनामा भनिएको छ, “राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक नौ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।” कर्णाली प्रदेश सरकारले हरेक वर्ष चैत १२ गते नौ जिल्लाबाहेक जुम्लालाई मात्र सार्वजनिक बिदा दिँदै आएको छ ।

जुम्लामा चैत महिनामा धानको बेर्ना राख्ने दिनलाई विशेष महत्व दिईने भएकोले उक्त दिनलाई प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । आज भने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ’धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ९ घुस्रामा धान दिवस मनाउन औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस्