OnlinePana

आज : २०८२ आषाढ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रतन वडआषाढ ९, २०८२जुम्ला,
५९ पटक

जुम्ला,असार ९ गते । जुम्लाको सिंजा गाउँपालिकाका पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य संस्था संस्था पोषणमैत्री भए सँगै गाउँपालिकालाई नै पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको हो ।

यस अगाडि सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकैदिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सोही आधारमा सोमबार प्रतिनिधिसभा सांसद विनिता कठायत, गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया सहित स्थानीय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविका र सरोकारवालाको उपस्थितिमा गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

प्रतिनिधिसभा सांसद विनिता कठायतले एक कार्यक्रमका विच सिंजा गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य सस्था गाउँपालिका घोषणा गर्नुभयो । सिंजा गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार यस अगाडि सिंजा गाउँपालिका वडानम्बर ३ को नराकोट स्वास्थ्यचौकी, वडा नम्बर १ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाउँ स्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका हुन । यसैगरी आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर २ को बिष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभुत स्वास्थ्य केन्द वडा नम्बर ६ को दातमा समेत आधारभुत सुचक तयार गरि पोषणमैत्री स्वास्थ्य संस्था भएका कारण पालिकानै घोषणा गरिएको हो ।

सांसद कठायतले पोषणमैत्री स्वास्थ्य संस्था जिल्लाको पहिलो गाउँपालिका घोषणा गर्न सफल भएकाले स्वास्थ्यकर्मी सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पोषणका आधारभुत सूचक पुरा गर्न सफल गर्ने सवैलाई विशेष धन्यवाद दिनुभयो ।
गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाले आधारभुत पोषणका सूचकहरुमा मिहिनेतका साथ काम भएको छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समय देखी स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन् ।

गाउँपालिका उपाध्यक्ष सितली रोकायाले मानिसको पोषण मानव जीवन सँग जोडिएको महत्वपूर्ण बिषय भएकाले गाउँपालिकाले पोषणमैत्री गाउँपालिकामा जोड दिएको बताउदै यस अभियानमा लाग्ने सवै स्वास्थ्यकर्मी र साझेदार निकायलाई विशेष धन्यवाद दिनुभयो ।

स्वास्थ्यचौकीहरुका अनुसार गर्भवति महिलाले विभिन्न समयमा जाँच गर्ने, आईरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान शुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित बृद्धि अनुगमन लगायतका विभिन्न सूचक पुरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका छन् । सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका हो ।

 

 

प्रतिकृया दिनुहोस्