OnlinePana

आज : २०८२ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ५, २०८२
१० पटक

५ असार २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि आधा घण्टाका लागि बैठक स्थगन भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको १५औं बैठकमा माओवादी केन्द्र उपस्थित भएन । प्रतिपक्षीको अनुपस्थिति विना नै सभामुख नन्दा गुरुङले बैठकको कारवाही अगाडि बढाउन खोजेपछि सत्ता साझेदार दल तथा नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले समय लिएर बोल्नुभयो ।

उहाँले विपक्षी दलको बेच्न खाली भएकोले हाम्रो परम्परा र कानूनी प्रावधान अनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिनुभयो । नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगन भएको जानकारी गर्नुभयो ।

यता नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर सरकारले प्रतिपक्षीको उठाएको विषय नै समाधान गर्न नसकेर बजेट नै अवैध तरिकाले ल्याएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कानूनसम्मत नआएको बजेटको कुनै औचित्य छैन । सरकार असफल भएसक्यो । अब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्दछ । बजेट कानूनसम्मत बनाउने बाटोमा सरकार सकरात्मक रुपले आउन सकेमात्र सदन अगाडि बढ्छ ।”

माओवादीले ‘आयोजना बैंक’लगायतका विषयमा असहमति जनाएपछि भएको ढिलाईले असार १ गते प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गरेको थियो । संवैधानिक व्यवस्थाका कारण बजेट प्रस्तुत गर्न दिए पनि आफूले उठान गरेका समस्या समाधान नभएसम्म सदनका काम कारवाही अगाडि नबढाउने सहमति भएकोले त्यही अनुसार सरकार अगाडि बढ्नुपर्ने माओवादी केन्द्रले बताएको छ ।

प्रतिकृया दिनुहोस्