OnlinePana

आज : २०८२ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २, २०८२
११ पटक

१ असार २०८२, आईतबार

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनको १४औं बैठक सुरु भएको छ । आईतबार दिउसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको थिए ।

करिब १० घण्टासम्मको लामो छलफलपछि प्रतिपक्षी दल र सरकारबीच सहमति जुटेपछि बैठक सुरु भएको मध्य राति ठिक १२ः०० बजेबाट बैठक सुरु भएको हो । बैठकमा कर्णाल्ी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबबिक्रम शाहले सरकारको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को बजेट प्रस्तुत गर्न थाल्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको भन्दै बैठक बस्न नसक्ने अडान राखेको थियो । प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याईएको बजेटले ‘अवैध र चोर बाटो’ अंगालेको मात्र नभई आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गर्ने केन्द्रले आरोप लगाउँदै आएको थियो । प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफलले सहमति जुटाएर बैठक बस्ने वातावरण बनेको हो ।

प्रतिकृया दिनुहोस्