OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २८, २०८२
३९८ पटक

२७ जेठ २०८२, मंगलबार

सुर्खेत: कर्णाली प्रदेश सरकारले तुईनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्णरुमा तुइनमुक्न बनाउने घोषणा गरेको हो ।

कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज एक सूचना जारी गरी यही असार १० गतेभित्र तुइनको विवरण पठाउन सम्बन्धित जिल्ला तथा पालिकाहरुलाई जानकारी गराएको छ । सूचनामा भनिएको छ, “प्रदेशका कहीकतै नदी खोला तरितराउनका लागि तुईन सञ्चालनमा रहेको भए तुईन विस्थापित गरी झोलुङ्गे पुल निर्माणका लागि यही असार १० गतेभित्र सम्बन्धित जिल्लाको पूर्वाधार विकास निर्देशनालय वा मन्त्रालयमा सोझै वा ईमेलमार्फत निवेदन दिनहुन सरोकारवालाहरु सबैको जानकारीका यो सूचना प्रकाशन गरिएको छ ।”

आज मुख्यमन्त्री यामलाल कँडेलले पनि भौगोलिक रुपले निकै विकट र विकासका हिसाबले पछि परेको कर्णालीका नागरिकहरुको आवागमनलाई सहज गर्ने गरी प्रदेश सरकारले आगामी आव.वर्ष ०८२÷०८३ को निती तथा कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले नागरिकहरुलाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी प्रदेश सरकारले काम गर्ने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्