

कोरपाटी/जुम्ला,
जेठ २४ गते । नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिकाको नवनिर्वाचित समितिले पत्रकार भेटभाट गरेर चन्दननाथ नगरपालिका भित्र तत्काल गर्नुपर्ने काम सार्वजनिक गरिएको छ ।
चन्दननाथ नगरपालिका कमिटिले जिल्लामा पत्रकार भेटघाट गर्दै तत्काल ५ वटा काम अगाडि बढाउने जानकारी गरेको छ । अध्यक्ष सुरेन्द्रबहादुर महतको अध्यक्षतामा गरिएको पत्रकार भेटघाटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले प्रथामिकता नदिएको बिषयमा पैरवी गर्ने, प्रतिष्ठानको सेवा सर्वसुलभ गर्न खबरदारी गर्ने, नरपालिका भित्रको शान्ति सुरक्ष, व्यवसायीको हित, नदि तथा बाटाघाटाको संरक्षणमा जोड दिने अधुरा कामको पूर्णता दिने काममा जोड दिने, नगरभित्रको बातावरण संरक्षणमा जोड दिने, नगरका सवै वडालाई विशेषता स्थतापित गर्न आगामी २०८४ को तयार गर्दै नेतृत्व गर्ने तिर लाग्नेछौ ।
नेकपा माओवादी केन्द्र पार्टीको केन्द्र, प्रदेश र जिल्लाको निर्देशनमा तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना निर्माण गर्दै अगाडि बढ्ने पत्रकार भेटघाटमा जानकारी गरिएको छ । पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटिका उपाध्यक्ष चन्द्रावति उपाध्यायले नयाँ समिति भित्र आगामी निर्वाचनमा माओवादीको जनप्रतिनिधिको नेतृत्व महिलाले पनि गर्न सक्ने हिसावले आन्तरिक संघर्ष गर्ने बताउनुभयो ।
उहाँले पार्टीको तर्फबाट हिंसा पिडित महिला, दुःखी पिडितका लागि सधै सहयोग हुने बताउनुभयो । नगर पार्टी सचिव कृष्ण सुनारले सहजीकरण गर्नुभएको पत्रकार भेटघाटमा पत्रकारले सोधेका प्रश्नमा अध्यक्ष महतले जिज्ञासा भेटाउनु भएको थियो ।