OnlinePana

आज : २०८२ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २३, २०८२
७९ पटक

अमृत बुढाथोकी मगर, जुम्ला ,

वैशाख २३ गते । नेकपा (माओवादी केन्द्र) कनकासुन्दरी गाउँपालिकाले पालिका भित्रका ८ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । पार्टीको सर्कुलर अनुसार आईतबार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र कनकासुन्दरी इन्चार्ज राजजङ हमलाले बताउनुभयो ।

इन्चार्ज हमालका अनुसार वडा सम्मेलनमा पार्टीका नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता भएको छ ।
माओवादी केन्द्र कनकासुन्दरी १ वडा कमिटीको अधिवेशनले धर्मदत्त कठायतको अध्यक्षमा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा गठन भएको नेकपा माओवादी केन्द्रको जिल्लाकमिटी सदस्य भिम बहादुर भण्डारी ले जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिका वडा नं २ को दोस्रो वडा सम्मेलनवाट शेर बहादुर रावत अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कनकासुन्दरी गाउँपालिका ४ को दोस्रो वडा अधिवेशनबाट धर्म दमाई को अध्यक्षतामा २१ जना वडा कमिटी गठन भएको छ ।

त्यसैगरी वडा नं ५ को दोस्रो वडा अधिवेशनबाट भिमबहादुर बुढाको नेतृत्वमा १९ सदस्यीय वडा कमिटी चयन गरिएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सचिवालय सदस्य शुर्यमणी हमाल ले जानकारी दिनुभयो ।

 

त्यस्तै नं ६ को वडा दोस्रो वडा अधिवेशनबाट भैरे सार्कीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएकोछ । यसैगरी नेकपा माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिका वडा नं ७ म रतन कार्की को अध्यक्षतामा २१ सदस्यीय निर्बिरोध चयन गएरेको छ । कनकासुन्दरी गाउपालिका वडानम्बर ८ मा गोकुल कामीको अध्यक्षतामा २५ सदस्यीय छनोट भएको छ ।

यसैगरी वैशाख २३ गते अन्तिम दिन वडानम्बर ३ मा भने धनबहादुर बुढाको अध्यक्षतामा १५ सदस्यीय छनोट गरि वडापालिका अधिबेशन सम्पन्न भएको ईन्चार्ज हमालले जानकारी दिनुभयो । प्रेस सेन्टर प्रदेश सचिव उपेन्द्र न्यौपानेका अनुसार पालिकाको अधिवेशन यहि वैशाख २६ गते हुने कनकासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्