OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २८, २०८१
२९५ पटक

फागुन २८ गते जुम्लाको सिजा क्षेत्रमा अवस्थित सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य सर्व सम्ममत भएका छन् । आचार्य पुन दोहोरिएका हुन् ।

सिंजा क्याम्पसमा रहेका चार संगठनबीचको आपसी सझदारीका आधारमा उनी दोस्रो पटक क्याम्पस सभापतिमा निर्विरोध चयन भएका निर्वाचन कमिटिले जनाएको छ ।

सिंजा क्याम्पसका प्रमुख तथा निर्वाचन अधिकृत तिर्थ नेपालका अनुसार यहाँ अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल समाजवादी विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेका थिए । उनीहरुले सर्व सम्मत नेतृत्व चयन गरेर निर्वाचनमा नजाने भएका छन् ।
निर्वाचन गरेर क्याम्पसमा हुल हुज्जत गर्नुभन्दा मिलेर क्याम्पस बनाउने अभियानमा लाग्ने प्रतिबद्धता सहित आचार्यलाई दोहो¥याएका हुन् । क्याम्पस प्रमुख नेपालका अनुसार अखिल क्रान्तिकारीका आचार्य सभापति, उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसंघकी राजिन्दा शाही र कोषाध्यक्षमा अखिल समाजवादीका तुलाराज तिरुवा निर्विरोध चुनिएका छन् ।

सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोबिन्द बम निर्वाचित भएका छन् । सिंजा बहुमुखी क्याम्पसमा १८० जना विद्यार्थी अध्ययनरत छन् । २०६७ सालमा स्थापना भएको क्याम्पस सिंजा क्षेत्रको एकमात्र क्याम्पस हो ।

प्रतिकृया दिनुहोस्