OnlinePana

आज : २०८२ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १६, २०८१
१९४ पटक

१६ फागुन २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शेर्पाली समुदायको महत्वपूर्ण पर्व ‘ग्याल्पो ल्होसार’को अवसरमा शेर्पा समुदायसहित सम्पूर्ण नेपाली आमाबुबा तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

हिमाली क्षेत्रमा रहेर सौर्य, सीप र कलाबाट आफ्नो पहिचान दिँदै मुलुकको साँस्कृतिक महत्व वृद्धि गर्न शेर्पा समुदायको भूमिका प्रशंसा गर्न लायक भएको बताउँदै मुख्यमन्त्री कँडेलले यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको जनाउनुभयो । नेपाल सबै जाति, भाषा, धर्म, लिङ्ग र संस्कृति मान्ने समुदायको साझा फुलबारी भएकोले पर्वहरु साँस्कृतिक, सामाजिक मेलमिलाप र सद्भाव आदान प्रदानका माध्यम भएको बताउनुभएको छ ।

आफ्नो धर्म, संस्कृति र संस्कार मान्न पाउने अधिकार नेपालको संविधानले व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री कँडेलले ग्याल्पो जस्तै नेपालमा मनाईने विभिन्न पर्वले सांस्कृतिक सम्पदाहरुको जगेर्नासहित आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरी मुलुकको अर्थतन्त्र वृद्धिमा समेत सहयोग पुर्याएको बताउनुभएको छ । ‘ग्याल्पो ल्होसार’ले सामाजिक सद्भाव कायम गर्नुका साथै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाएर लैजाने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्