OnlinePana

आज : २०८१ फागुन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन १२, २०८१जुम्ला,
६५ पटक

फागुन १२ गते । जुम्लाका छ हजार चारसय १५ वालिकालाई पाठेघर विरुद्धको खोप (एच पिभि) लगाईएको छ ।
यही माघ २७ गते देखी ७ गते सम्म जिल्लाका विभिन्न खोप केन्द्रमा लगाईएको हो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सरकारको राष्ट्रिय खोप अभियान अन्तरगत जिल्लाका सातवटै स्थानीय तहमा लगाएको खोपको प्रतिवेदन अनुसार छ हजार ७ सय ३९ जनालाई लगाउने लक्ष्य अनुसार खोपमा छ हजार पाँच सय छ जना ( ९६.५४ प्रतिशत) ले खोप लगाएका छन्

कार्यालय प्रमुख सापकोटका अनुसार कनकासुन्दरी गाउँपालिकामा ८०० जना (१०७.२४ प्रतिशत), सिँजा गाउँपालिका ७१५ जना (१०४.२३ प्रतिशत), तातोपानी गाउँपालिका ६७३ जना (१०२.२८ प्रतिशत), गुठिचौर गाउँपालिकामा ४१५ जना (९७.१९ प्रतिशत), चन्दननाथ नगरपालिका १४ सय २७ जना (९७.०७ प्रतिशत), हिमा गाउँपालिका ८०८ जना (९९.५१ प्रतिशत), पातारासी गाउँपालिका ८०३ जना (८९.८२ प्रतिशत र तिला गाउँपालिकामा ८६५ (८२.७ प्रतिशत) वालिकालाई खोप लगाईएको छ ।

जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षा देखी १० कक्षामा किश्वरी र विद्यालय वाहिरका १० बर्ष देखी १४ बर्षका किश्वरीलाई खोप लगाईएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गते देखी शुरु गरिएको र सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखी खोप लगाईएको थियो । खोप अभियान सफल पार्नका लागि ८६ वटा विद्यालयमा खोप केन्द, अन्य हेल्थपोष्ट सहितका क्षेत्रमा आवश्यकता अनुसार र २०० जना स्वास्थ्यकर्मी परिचालन भएका र जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सवै किश्वरीलाई खोप लगाउन सूचना समेत गरेको थियो ।

जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमा जुम्लामा १६३ वटा खोप शेसन थिए । जसमा कक्षा ६ अध्ययनरत १० बर्षका एक हजार तिन सय ३८ जना, ७ कक्षा देखी १० कक्षा, ११ देखी १४ बर्षका पाँच हजार ७७ वालिका तथा किश्वरीलाई खोप लगाईएको छ । चिसोले विद्यालय ढिला लागेका कारण जुम्लामा माघ २७ गतेबाट मात्र खोप अभियान शुरु गरएको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्