OnlinePana

आज : २०८१ फागुन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन १२, २०८१जुम्ला,
९ पटक

 

जुम्ला,फागुन १२ गते । नेपाल कम्यूनिष्ट पार्टीले जुम्लामा दोस्रो पटक स्याउ रोपेको छ । महासचिव नेत्र बिक्रम चन्द्ध बिप्लब सहितका नेताहरुले स्याउ रोपेका हुन । नेकापा केन्द्रीय कार्यलयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७ धौलापानीमा करिव १४ हजार बर्गमिटर जमिनमा स्याउँ रोप्ने कार्यक्रम उद्घाटन गरेका हुन ।

महासचिव विप्लवले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्ति सगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने आफ्नो पार्टीले निष्कर्ष निकालेको बताउनु भयो । उहाँका अनुसार पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रन्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको छ ।

उहाँले नेपालमा हावापानी र मौसमअनुसारको फलफुल बालीनाली उत्पादन गरिरहेको बताउदै “अहिले हाम्रा नेताकार्यकर्तालाई देशैभर खानकै लागि कहिकतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौ ।” उहाँले थप्नुभयो, महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउपालिका ७ धांचुगाउँकि कृष्ण कौडा शाहीलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार– “कृष्णकौरा शाहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामिलाई जग्गा उपलब्ध गराउनु भयो । विप्लवले स्याउँ रोपन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।

नेकपाका महासचिव आफै उपस्थित भएर सोही क्षेत्रको हाडुल्यमा गत बर्ष पनि स्याउ रोपेर आर्थिक उत्पादन बढाउने बाचा गरेका थिए । स्याउँ रोपन कार्यक्रममा नेकपाका महासचिव विप्लव सहित सचिवालय सदस्य सन्तोष वुढामगर, ईन्चार्ज कर्णजित वुढाथोकी (शुसिल), स्कुलिङ विभाग प्रमुख भेसराज भुसाल, स्थायी कमिटि सदस्य भरत वम लगायतका नेताहरुको सहभागिता रहेको छ ।

स्याउँ रोपन कार्यक्रमले उत्पादनमा जुम्ला र राष्ट्रलाई फरक सन्देस गएको नेकपा जुम्लाका इन्चार्ज विर्ख बहादुर शाही “प्रभाजित”ले जानकारी दिनुभयो । उहाँका अनुसार हिमा गाउँपालिका ७ धौलापानीमा करिब एक हजार बढी बिरुवा रोपेर भोलि १२ गते विहान कालिकोटको तिलागुफा नगरपालिका फोहीमहादेवमा स्याउ रोप्न जाने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

क्याप्सन ः जुम्लाको हिमा गाउँपालिकामा स्याउ रोप्दै बिप्लव तस्बिर नेत्र शाही, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्