OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २४, २०८१
१६८ पटक

माघ २४ गते । अन्तरजारतिय विवाहलाई दवाउन तथा जातिय विभेद संरक्षण गर्न खोजेको भन्दै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक विरुद्ध राँके जुलुस सहित नारा घन्किएको छ ।

जुम्लामा दलित अगुवा यूवाहरुले राँके जुलुस सहित विरोध जनाएका छन । जिल्ला प्रशासन कार्यालय अगाडि जाती विभेद अन्त्य गर, गृहमन्त्री राजिनामा दे लगायतका नारा लगाईएको छ ।

सर्लाही नगरपालिका ४ सत्यन्द्र कुमार (चमार) र वरहथवा ५ कि नेहा रौनियार विचमा २०८१ पुस ३ गते भएको उमेर पुगेको प्रेम विवाहलाई तोड्न गृहमन्त्री र उहाँको निर्देशनमा अन्तरजातिय वैवाहिक जोडिमाथी अत्याचार भएको भन्दै दलित अधिकारकर्मीहरु आन्दोलनमा उत्रिएको बताएका छन् ।
वुधवार जिल्ला स्थित पार्टीका दलित अगुवा भातृ संगठनहरुले प्रेस विज्ञेप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही मार्फत ध्यानकर्षण समेत गरिएको थियो । नेपाल दलित संघको केन्द्रीय सदस्य नरविर सुनार, नेपाल दलित मुक्ति मोर्चाका संयोजक चन्द्रवहादुर नेपाली, नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष लक्ष्मण सुनार सहितका भातृ संगठनले विज्ञेप्ति जारी गर्दै ध्यानाकर्षण गराएका थिए ।

आज यूवाहरुले राँके जुलुसनै गरे । आन्दोलित यूवा मध्य नन्द तिरुवाले संसदमा गृहमन्त्रीको उत्तर चित्त वुझ्दो नभएको भन्दै आन्दोलन थप गरिएको बताएका छन् । आनद्योलनमा उत्रिएका यूवाहरुले यो बिषयमा न्याय नपाए सम्म आन्दोलन निरन्तर हुने बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्