OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १०, २०८१सुर्खेत
१७ पटक

 

१० माघ २०८१, बिहीबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको राजनीतिक अवस्था सहज नभएको बताउनुभएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुने क्रममा मौसम बिग्रेपछि आज सुर्खेत विमानस्थलमा आईपुग्नुभएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पछिल्लो समयमा मुलुकको राजनीति अवस्था झन् बिग्रँदै गएको बताउनुभयो । सरकारको कार्यशैलीका कारण जनतामा निराशा छाएको उहाँको भनाई थियो ।

सरकारले अध्यादेशबाट शासन गर्न थालेको प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संवैधानिक र लोकतान्त्रिक मान्यतालाई जबरजस्ती मिचेर संसदमा प्रवेश गरेको र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुको सट्टा मन्त्रिपरिषद् बैठकबाट मिल्दै नमिल्ने काम गरी अध्यादेशमार्फत शासन गर्ने दुस्साहस गरेको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका उहाँले आफूले विपक्षीहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको जनाउनुभयो । अबिलम्ब सदन बोलाउन विशेष अधिवेशनको माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको र विशेष अधिवेशन बोलाउन २५ प्रतिशत चाहिने तथापि त्यो भन्दा बढी संख्या आफूहरुसँग भएको समेत अध्यक्ष प्रचण्डले दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “मैले विश्वासको मत माग गर्दाको बखत आउने सरकारले जे कुरा गर्छ भनेको थिएँ, अहिले हुबहु त्यही लागु गरेको छ । भ्रष्टाचारी र आफ्नो मान्छे बचाउने, राम्रोका काम गर्ने संस्था र कर्मचारीमाथि आक्रमण गर्ने काम यो सरकारले गरेकै छ ।” आउँदो अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिहरुका बारेमा जनतालाई केही अपिल गर्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता डा.द्वय सशांक कोइराला र चन्द्र भण्डारीसँग अहिलको समसामयिक राजनीति र सरकारका विषयमा सामान्य कुरा हुँदा जे अनुमान गरिएपनि माओवादी केन्द्रलाई सरकारमा जान कुनै हतारो नभएको उहाँले जिकिर गर्नुभयो । संविधान, जनताको भावना विपरीत छ यो सरकार चलिरहेकोले जनतासँगै बसेर खबरदारी गर्ने अध्यक्ष प्र्रचण्डको भनाई थियो ।

प्रतिकृया दिनुहोस्