OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २३, २०८१
१०२ पटक

२३ मंसिर २०८१, आईतबार

नेपाल सरकारका गृहमन्त्री रमेश लेखक कर्णाली प्रदेश सुरक्षा समन्वय परिषद्को बैठकमा सहभागी हुन आज सुर्खेतमा आईपुग्नुभएको छ ।

भोलि प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बस्ने प्रदेश सुरक्षा समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्न गृहमन्त्री लेखक सुर्खेत आईपुग्नुभएको हो । सुर्खेत विमानस्थलमा पार्टी कार्यकतासँगको भेटघाटपश्चात् उहाँले सुर्खेतस्थित गुर्भाकोट नगरपालिकाको गुमीमा रहेको चौरजहारी, राकम र सुर्खेतको गुमीमा स्थापित दंगा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेर वीरेन्द्रनगर फर्कनुभएको छ ।

गृहमन्त्री लेखकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसँग पनि शिष्टाचार भेटघाट गर्नुभएको छ । भोलिको प्रदेश सुरक्षा समन्वय परिषद्को बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्