OnlinePana

आज : २०८१ मंसिर २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १८, २०८१सुर्खेत
४५ पटक

१८ मंसिर २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ ।

‘समावेशी तथा दिगो भविश्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित आज मनाउन थालिएको अपाङ्गता भएको व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले उनीहरुको हक, अधिकार सुनिश्चितताका लागि सामाजिक सचेतना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधानले अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको छ । यसमा उनीहरुको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ । जसमा तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्नुपर्छ ।”

जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अंगभंग हुनुभएका कर्णालीबासी नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानूनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेको समेत मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्