OnlinePana

आज : २०८३ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १६, २०८१काठमाडौं
३५४ पटक

१६ मंसिर २०८१, आईतबार

दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले लालबहादुर शाही विजयी हुनुभएको हो ।

कांग्रेसका उम्‍मेदवारलाई तीन मतले हराउँदै नेकपा एमालेका शाही निर्वाचित हुनुभएको हो । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत ल्याउनुभयो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाउनुभएको हो । दुल्लु नगरपालिका १३ दैलेखमा दुई हजार सात सय छ मतदातामा एक हजार पाँच सय ५८ (५६ दशमलव ५६ प्रतिशत)ले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्