OnlinePana

आज : २०८१ पौष ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०८१काठमाडौं
१६१ पटक

 

कार्तिक २९ गते । नेपाल रेडक्रस सोसाईटि जुम्लाले विपत प्रतिकार्यका लागि शिप तथा तालिम दिईएको छ ।
नेपाल रेडक्रस शाखा जुम्लाले चन्दननाथ नगरपालिकाको सहकार्यमा संचालन गरिहेको सुपर परियोजना अन्तरगत स्वंसेवक, नगर प्रहरी र स्थानीयलाई विपत प्रतिकार्यमा समुदायको पहल बिषयमा तालिम शुरु गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटि जुम्ला सुपर परियोजना संयोजक ईश्वरा सुवेदीले जानकारी दिनुभयो । उनिहरुलाई विपतको समयमा कसरी सूचना दिने, सक्रियता बढाउने भन्ने बिषयमा ४ दिने तालिम शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्दार कार्यदल ११ जना, चन्दननाथ नगरपालिकाका नगर प्रहरी ४ जना, नेपाल रेडक्रसका कर्मचारी २ जना, नगरको वडाविपत व्यवस्थापन समिति सदस्य एक जना , रेडक्रसको उपशाखाबाट ३ जना, समुदायको स्वंसेवक ३ जना गरेर २४ जना तालिम सहभागि भएका छन् ।

उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्लाका नगरउपप्रमुख रामदेवी खड्काले विपत आउदा खोज तथा उद्दार कार्यदल सहितको तालिम लिईएका व्यक्तिहरुले नगरपालिका सहितका अन्य प्रतिकार्य तालिम लिईएका व्यक्तिहरुको सहभागिता रहेको छ । उहाँले मानिसको जीवन सँग जोडिएको संवेदनशिल बिषय खोज, उद्दार भएकाले यस समयमा सामाजिक कार्यकर्ताको प्रतिकार्यका लागि आवश्यक पर्छ, त्यो समयमा ध्यान दिन आवश्यक रहेको छ ।

नेपाल रेडक्रस सोसाईटि जुम्लाका उपसभापति जगदिश चौलागाईले विपतमा प्रतिकिार्य शिक्षा अत्यान्तै आवश्यक भएको हुदा यो शिपका लागि तालिम दिईएको जानकारी दिनुभयो । उहाँका अनुसार रेडक्रसले यूद्धकालमा विभिन्न काम गर्दै आएको समेत बताउदै खोज उद्धार कार्यका लागि शिप सिकाउन आवश्यक भएकाले तालिम आयोजना गरिएको छ । तालिममा समुदायका विपत समस्या, प्रथामिक उपचार, घाईते र मृतकको व्यवस्थापन, सरोकारवाला निकाय सँगको समन्वयको बिषयमा जोड दिईने छ । यसैगरी विपतमा उद्दार गर्ने विभिन्न सामग्रीहरु विषयमा पनि सहभागि र सरोकारवाला निकायलाई अवलोकन गराई प्रयोग गर्ने विधिको विषयमा शिप दिईएको छ ।

क्याप्सन ः जुम्लामा नेपाल रेडक्रस सोसाईटिले आयोजना गरेको विपत प्रतिकार्य तालिम तस्बिर नेत्र शाही ।

प्रतिकृया दिनुहोस्