OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०८१काठमाडौं
२८४ पटक

जुम्ला, कार्तिक २७ गते , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोहको तयारी पुरा भएको छ ।

भोली कार्तिक २८ गते नेपाल सरकारका प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले उद्घाटन गर्ने समारोहको तयारी पुरा भएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले दिक्षान्त समारोहको उद्घाटन गर्नुका साथै नवनिर्मित शैक्षिक भवनको उद्घाटन गर्नु हुने कार्यक्रम तय भएको छ । प्रतिष्ठानका अनुसार सो कार्यक्रमका लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि जुम्ला आउने कार्यक्रम छ ।

दिक्षान्त समारोहका लागि ५८ जना विद्यार्थीलाई पनि वोलाईएको र विद्यार्थी पुग्ने क्रम रहेको र प्रतिष्ठानका सिनेट सदस्यहरु समेत जुम्ला पुग्ने क्रम जारी छ । दिक्षान्त समारोहका लागि प्रधानमन्त्रीको तयारी टिम, सिनेट सदस्य तथा विद्यार्थी जुम्ला पुग्नेक्रम जारी छ । दिक्षान्तसमारोहमा प्रतिष्ठानका संस्थापक संयोजक पूर्वमन्त्री नरेश भण्डारी र सहसंयोजक पूर्वराज्यमन्त्री बलबहादुर महत पनि जुम्ला पुगिसक्नु भएको छ । गत २०८१ भदौ २३ गते प्रधानमन्त्रीको व्यवस्तताका कारण दिक्षान्त समारोह स्थगित भएको थियो । यस पटक पुन कार्यक्रम हुने भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्