OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०८१सुर्खेत
८३ पटक

२७ कार्तिक २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन लागि परेको बताउनुभएको छ ।

प्रदेश सरकारका योजनाहरुको प्रभावकारी कार्यान्वयनका विषयमा दैलेखका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गर्न आज दैलेख पुग्नुभएका मुख्यमन्त्री कँडेलले पत्रकारहरुसँगको भेटघाटको क्रममा सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी हुन सकेमात्र नागरिकलाई सरकार, राज्य छ भन्ने अनुभूति हुने बताउनुभयो । सुरक्षित यातायातमा जनचेतनाको अभाव भएका कारण यतिबेला कर्णालीमा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको बताउनुभएका उहाँले यसको सुधार गर्न समाजको चेतनास्तर माथि उठाउनुपर्ने आवश्यक रहेको जनाउनुभयो ।

आगामी वर्षबाट विधिसम्मत योजना निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन र पारदर्शिता एवं संघीय सरकारलाई अनुभूति गराउने मूलभूत योजना निर्माण गर्ने, अलपत्र योजनालाई समय सम्पन्न गर्ने आधारबाट अगाडि बढ्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । जनअपेक्षा अनुसार कतिपय काम गर्न नसकिएको स्वीकार्दै उहाँले सामाजिक सञ्जालमा आएका कुराबाट धारणा बनाउनु सकरात्मक नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले मेरो दायित्व पुरा गर्नुपर्छ । यसमा गुनज्यास लिने भन्ने छैन । सेवा प्रदायकहरुले अतिरिक्त शुल्क नलिइकन काम गर्नुस् भन्छु । सकरात्मक काममा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं । विकास निर्माण र समृद्धिको अभियानमा नागरिकदेखि नीतिगत तहसम्मको ऐक्यवद्धता आवश्यक छ ।”

पेट्रोलियम पदार्थ उत्खनन् गर्दै गरेको महत्वपूर्ण ठाउँ दैलेख हो भन्दै अहिले नै भण्डारण तथा प्रशोसनको तहमा गइहाल्नु जरुरी नरहेकोले हामीले गरेको अनुमान अनुसार भए दैलेखसहित सिंगो कर्णालीको अर्थतन्त्र र विकासमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलका अनुसार यसले धार्मिक, कृषि क्षेत्रका साथै रोजगारमा ठूलो सहयोग पुग्ने देखिन्छ ।

भौतिकका साथै मानवीय सेवाका विकास हुनुपर्नेमा जोड दिनुभएका उहाँले पत्रकारहरुका लागि विद्युतीय उपकरण, लोक कल्याणकारी विज्ञापन, पुरस्कार वितरणका विषयमा समेत प्रदेश सरकारको ध्यान दिएको प्रतिक्रिया दिनुभयो ।

प्रतिकृया दिनुहोस्