OnlinePana

आज : २०८१ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २६, २०८१जुम्ला,
६४ पटक

जुम्ला, कार्तिक २७ गते ,

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्थानीय शिक्षक तथा कर्मचारी स्तरबृद्धिका लागि आन्दोलित भएका छन् ।
उनिहरुले प्रतिष्ठानले सहमति सम्झौता गरे अनुसार स्तरबृद्धि तथा तलब बृद्धिको लागि विभिन्न समयमा माग गरेर सम्झौता भएपनि कार्यान्वयन नगरेकाले विरोधमा उत्रेको बताएका छन् ।

स्थायी कर्मचारीले पत्रकार भेटघाट गेरर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले विगत .लामो समय देखी स्थायी कर्मचारीहरुको स्तरउन्नतिको प्रक्रिया नबढ्नु। नबढाउन्ु चिन्ताजनक रहेको बताउदै सोही बिषयमा १० जना कर्मचारीहरुले सुर्खेत जुम्ला उच्च अदालत ईजलासमा स्तरबृद्धिका लागि रिट दायरको फैसला पश्चात २०८० साल भाद्र २१ गते दुई पक्षीय सम्झौता भई असोज ८ गते बढुवाको पत्र प्राप्त गर्नुले कर्मचारीहरुलाई सुखानुभूति भएको थियो । सोही आन्दोलनका क्रममा अन्य बाँकी सम्पूर्ण स्थायी कर्मचारीहरुको बढुवा प्रक्रिया मिति २०८० असोज १ गतेबाट अगाडी बढाउने र बढुवा नहुन्जेल सम्मका लागि योग्यता र प्रकृयाका आधारमा जिम्मेवारी दिने लगायतका छ बुदाहरुमा प्रतिष्ठानका पदाधिकारी र कर्मचारी विच दुई पक्षीय सम्झौता समेत भएको थियो ।

प्रेस विज्ञेप्तिमा उल्लेख छ, प्रतिष्ठानका कर्मचारी ईन्द्रबहादुर डाँगीले प्रस्तुत गर्नुभएको प्रेस विज्ञेप्तिमा लिखित सम्झौता समेतलाई पदाधिकारी पक्षबाट बेवास्था भए पश्चात प्रतिष्ठामा कार्यरत थप ५८ जना शिक्षक तथा कर्मचारी पुनः सोही अदालत पुगि मिति २०८१ भाद्र २६ गते कर्मचारीहरुको पक्षमा आदेश भएको थियो । सम्मानित अदालतको पूर्णपाठ आए पश्चात मिति २०८१ असोज १६ गते र कार्तिक ९ गते हामी कर्मचारीहरुले लिखित रुपमै फैसला कार्यान्वयन गराईदिन निवेदन गर्दा पनि पदाधिकारी पक्षबाट कुनै प्रतिकृया नआउनुले हाम्रो गम्भिर ध्यानाकर्षण भएको हो । सोही सन्दर्भमा २०८१ कार्तिक २३ गते ५८ जना शिक्षक तथा कर्मचारीहरुको बैठक बसि कार्तिक २४ गतेबाट दबाबमूलक कार्यक्रम समेत सार्वजनिक गर्ने निर्णयको जानकारी पदाधिकारीहरुलाई गराउँदा कार्तिक २४ गते पदाधिकारी र कर्मचारी पक्षबाट सयुक्त रुपमा वार्ता हुँदा यहि कार्तिक २८ गते प्रतिष्ठानका कुलपति तथा सम्माननीय प्रधानमन्त्री ज्यूको समुपस्थितिमा केन्द्रिय कार्यालयमै सभाको बैठक तथा दीक्षान्त समारोह सम्पन्न हुने भएको र सो विषय संचारमाध्यममा समेत आईसकेकाले कर्मचारीका समस्या कार्यकारी परिषदको निर्णय मार्फत सोही सभाबाट अनुमोदन हुने गरि सम्बोधन गर्ने भनि सहमति समेत जुटी सकेको अवस्थामा प्रतिष्ठानका पदाधिकारी विच आपसि मतभेदका कारण कर्मचारीहरु संगको लिखित सहमतिमा कर्मचारी तर्फबाट सबै जनाको हस्ताक्षर भई पदाधिकारीका तर्फबाट शिक्षाध्यक्ष र रजिष्ट्रारको समेत हस्ताक्षर भईसकेको अवस्थामा उपकूलपति ज्यूले अनाहक आफू हस्ताक्षर गर्न नसक्ने भनि सहमति भंग गर्नुले हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु खेद प्रकट गर्दछौ ।

संस्था प्रमुख नै संस्था र कर्मचारीहरु प्रति सकारात्मक नबन्नु आफैमा विडम्बनाको विषय हो भन्न हाम्रो ठहर छ । त्यसैले माग पुरा नगरेका कारण
शिक्षक तथा कर्मचारीले कार्तिक २६ गते मागहरु सार्वजनिक गर्ने तथा कालोपट्टी लगाई विरोध कार्यक्रम अनुसार सो काम भएको कर्मचारीले जानकारी दिएका छन् । कार्तिक २७ र २८ गते प्रतिष्ठानको प्रांगणमा उपस्थित भई पेनडाउन वा कामकाज बन्द गर्ने, आवश्यक समन्वयका लागि जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई अनुरोध गर्ने । कार्तिक २९ गते आफ्ना मागहरु सहित प्रतिष्ठानको प्रांगणमा उपस्थित भई अस्पतालका सेवा वाहेक प्रशासनमा तालावन्दी गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले अदालतको फैसलामा लोकसेवा आयोगको सहकार्यमा अगाडि बढ्नुपर्ने भएकाले सोही अनुसार काम भईरहेको प्रतिक्रिया दिनुभयो । उहाँले ऐतिहासिक यो क्षणमा राम्रो नभएको भन्दै २९ गते पछि जस्ता सुकै आन्दोलन गरेपनि २८ गते प्रधानमन्त्री उपस्थित हुने दिक्षान्त समारोहका लागि सवै जुट्न अपिल गर्नुभयो । उहाँले सम्झौतामा हस्ताक्षरको बिषयमा कार्यकारी परिषदका केही साथीहरुले हस्ताक्षर गर्न नमानेपछि आफुले पनि रिक्स लिन नखोजेको बताउनुभयो ।

पत्रकार भेटघाटमा देशको प्रधानमन्त्री आउने कार्यक्रममा तपाईको यो अवरोध गर्ने जस्तो कार्यक्रम भएनर ? भन्ने पत्रकारको जिज्ञासामा कर्मचारीले त्यसो हैन तर हाम्रो माग सम्वोधन भएको एक घण्टामा विरोधका कार्यक्रमा फिर्ता लिने बताउदै काममा खटिने बताएका छन् । कर्मचारीले भने पदाधिकारीलाई अदालतको फैसला अनुसार कार्यान्वयन गर्न २४ घण्टाको समय पनि भएको घोषणा गरेका छन् ।

यस्तो छ, अदालतको आदेस :

 

 

 

प्रतिकृया दिनुहोस्