OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २३, २०८१
११२ पटक

२३ कार्तिक २०८१, शुक्रबार

दैलेखदेखि सुर्खेत जाँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटना परी मृत्यु भएका चार यात्रुको सनाखत भएको छ ।

कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी आज दिउँसो २ः२० बजे दुर्घटना हुँदा दुई महिला र दुई पुरुषको मृत्यु भएको थियो । मृतक चारै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार भैरवी गाउँपालिका ५ दैलेखीका ३८ वर्षीय गाडी चालक सुरेश केसी, सोही गाउँपालिका वडा नं. २ का ३६ वर्षीय कर्ण विष्ट र २१ वर्षीय संगीता विष्ट र वडा नं. १ का १७ वर्षीय दिपिका महताराको मृत्यु भएको हो ।

उहाँले भन्नुभयो, “दुर्घटनाको खबर आउने बित्तिकै सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ३० जनालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याउँदा चिकित्सकले चार जनाको मृत्यु भएको घोषणा गरेका थिए ।”

प्रहरीका अनुसार घाइते ३० जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेत वीरेन्द्रनगरमा उपचार भइरहेको छ । जसमा तीनको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको थियो । समानका साथै क्षमता भन्दा बढी यात्रु बोक्दा अनियन्त्रित भई गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्