OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २३, २०८१सुर्खेत
४७ पटक

२३ असोज २०८१, बुधबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले स्वास्थ्य र शिक्षा सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर सडक करिडोरसहित १० जिल्लामा १२ रणनीतिक अस्पताल निर्माणको प्रस्ताव अगाडि सारी कार्यान्वयन ल्याउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य तथा शिक्षामा परिणाम देखिने गरी सुधारको काममा लागिएको जनाउनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य सम्वृद्धिको वर्तमान अवस्था तथा स्वास्थ्य नीति र दीर्घकालीन लक्ष्यको विषयमा अन्तरक्रिया गरिएको थियो । जसमा मन्त्री भण्डारीले दिगो विकास लक्ष्य अनुसार कर्णालीको स्वास्थ्य क्षेत्र सुधारमा मन्त्रालय र यसअन्तरगतका निकायहरु लागि परेको अवगत गराउनुभयो ।

स्वास्थ्य क्षेत्रको विस्तार र सेवा प्रभावकारी बनाउन सुधारका लागि केही कामहरुको सुरुवात गरिसकेको भन्दै देखेको र स्वयं आफैंले जिम्मेवारी लिएपछि काम गर्नमा फरक चुनौति आभास गरेको जनाउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “कर्णालीमा हामीकहाँ जनशक्ति, उपकरण र पूर्वाधार कुनै पनि पूर्ण छैन । तरपनि प्रभावकारी सेवा दिनुपर्ने बाध्यता छ । सबै कुरामा तत्काल पूर्ण बनाउने बजेटको स्थिति पनि छैन यद्यपि अनेक सीमितताका बीच प्रभावकारी स्वास्थ्य सेवा दिने अवस्था निर्माणमा लागिपरेका छौं ।

अस्पतालहरुको तह, विभिन्न सेवा प्रवाह गर्ने गरी निर्धारण गरिएको तथापि अभ्यासमा भने एउटै खालको सेवा दिने गरी अस्पतालहरुको विकास भएको जनाउँदै उहाँले प्रदेश अस्पतालको सन्दर्भमा डा.भगवान कोईरालाको संयोजकत्वमा अध्ययन समिति रहेको र त्यसले दिने प्रतिवेदनका आधारमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्