OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २३, २०८१जुम्ला,
११३ पटक

असोज २१ जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले आर्थिक बर्षको साउन महिना देखी हाल सम्म भएको प्रगति विवरणको नागरिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । प्रगिति समिक्षामा प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले यो २ महिनामा भएका कामको विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा चालु आ.व.मा ३५ वटा आत्म हत्या दुरुत्साहनमा १, जवर जस्ति करणीमा ६, वैवाहिक जजकमा १, साईबर अपराध सम्वन्धी कसुरमा १, लागु औषध चरेशमा ४, सवारीबाट अंगभंग २, बहुविवाहमा १, हा.ह.ख.खमा २, झुआ.हमा ३, भवितब्य ज्यानमा ३, ठगिमा १ मुद्दा रहेका छन् । यसैगरी अपाराधिक लाभ लिन नहुनेमा १, अभद्र व्यवहारमा ३ जना र बैंकिङ कसुरमा एउटा मुद्दा रहेको छ । प्रहरीका अनुसार अपराध अनुसन्धान तर्फ फच्छौट मुद्दा संख्या १८ वटा,फच्छौट हुन वाँकी १७ वटा, पक्राउ परेका अभियुक्त २६ जना, फरार अभियुक्त संख्या १२ जना, लागु औषध सम्वन्धी ४ वटा मुद्दामा १२ जना मानिस रहेका छन् ।

यसैगरी जिल्ला प्रहरीले गरेका विभिन्न कामको नागरिक सुनुवाई गरेको हो । नागरिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रहरीले पछिल्लो समय आफ्नो काममा तिब्रता दिएको बताउदै केही समय अगाडि कान्जिरोवा नक्कली प्रहरीको घटना भित्र अकोृ बिषय लुकेको भन्ने थियो । चन्दननाथ मन्दिरका ३ वटा मुर्ति अझै नपाईएको बिषय रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरीले नागरिक सुनुवाईमा सार्वजनिक गरेको प्रतिवेदनमा सुधानुपर्नेे बिषयमा सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले अरु कसैले नगेका काम प्रहरीले गरिरहेको बताउदै यसमा जोड दिनुभयो ।

कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्लामा अवैध व्यवसाय भईरहेको बताउदै यो रोक्नका लागि सुझाव दिनुभयो । उहाँले सदरमुकामका विभिन्न क्षेत्रमा गस्ति बढाउनुपर्नेमा जोड दिनु भएको छ । नागरिक सुनुवाई कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य गोरख पछाई, नेकपा माओवादीका जिल्ला अध्यक्ष नवराज न्यौपाने, राप्रपाका जिल्लाध्यक्ष वेदबहादुर शाही, उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटा, यूवा नेता अनुप थापा, जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्य, जिल्ला फुटवल संघका महासचिव दिपेन्द्र हमाल, नेकपा एमाले यूवा संघका सचिव सारदा पछाई, पत्रकार प्रकाश विश्वकर्मा, भैरवनाथ यातायात प्रा.ली.का राजबहादुर रोकाया सहित सरोकारवालाले सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्