OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आश्विन २२, २०८१जुम्ला ।
११६ पटक

असोज २२ गते । मुगुको खत्याड गाउँपालिकाले नगर (गाउँ) प्रहरी भर्ना गरेको छ । गाउँपालिकाको सरसफाई, शान्ति सुरक्षा तथा अन्य विभिन्न कामका लागि १० जना नगर (गाउँ) प्रहरी दिक्षित भएका छन् ।

गाउँपालिकाले भर्ना गरेको प्रहरीलाई शशस्त्र प्रहरी वल हेडक्वाटर नं ३३ त्रिपुरा गण जुम्लाले उनिहरुलाई दिक्षित गरेको हो । प्रहरी उपरीक्षक लालबहादुर शाहीका अनुसार गाउँपालिका प्रहरी हवलदार जगतबहादुर डांगरको नेतृत्वमा १० जनालाई एक महिनाको तालिम सम्पन्न गरेर दिक्षित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ १७ गते बाट शुरु भएको तालिम २०८१ असोज २२ गते जुम्लामा अन्तिम दिक्षान्त समारोह गरेर सम्पन्न भएको हो ।

गाउँपालिकाका अनुसार गाउँपालिका हवलदार जगतबहादुर डांगर सँगै गाउँ प्रहरी जवानमा दानबहादुर शाही, जीवन बुढा, कविता भण्डारी, टिका प्रसाद जैसी, धनेन्द्र विमल शाही, एकराज थापा, विरसिंह थापा, झुपुल्ली वानिया रहेका छन् । उनिहरुलाई जम्मा २०० पूर्णाङ्क मध्य सैद्धान्तिक १०० र व्यवहारिक १०० पूणाङ्कको तालिम भएको थियो ।

गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले शशस्त्र प्रहरी वल ३३ नम्बर गणले तालिम दिएर १० जना जवानलाई दक्ष बनाईदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै गाउँपालिका यूवालाई रोजगार दिने उद्देश्य र गाउँपालिकाको शान्ति सुरक्षा, सरसफाईमा जोड दिन आवश्यक रहेको छ । उहाँले गाउँ प्रहरीले खत्याडमा विभिन्न प्रकारका वेथितिको अन्त्यका लागि सहयोग गर्नेमा जोड दिनुभयो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले गाउँ प्रहरी उत्पादन गर्ने खत्याड गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँका अनुसार अव गाउँ प्रहरी जवानले गाउँपालिकाको कार्यविरण अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले गाउँपालिकाले पनि प्रहरीको आगामी बृत्ति विकासमा जोड दिने अपेक्षा गरिएको छ । यस अगाडि जुम्लाको चन्दननाथ नगरपालिकाले पनि नगर प्रहरी भर्ना गरि तालिम गरेको छ ।

यसैगरी गाउँपालिकाका प्रहरी हवलदार सहित जवानहरुलाई गाउँपालिका अध्यक्ष अजबहादुर शाही, उपाध्यक्ष सरिता रोकाया, नेपाली सेना देविदत्त गण जुम्लाका गणपति धिरज थापा, शशस्त्र प्रहरीका गणपति लालबहादुर शाही, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले दर्जान्ही चिन्ह प्रदान गर्नु भएको छ ।

क्याप्सन : जुम्लाको राजासिममा खत्याडका गाउँ प्रहरी दिक्षान्त समारोहमा तस्बिर नेत्र शाही :जुम्ला ।

प्रतिकृया दिनुहोस्