OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २०, २०८१सुर्खेत
८३ पटक

२० असोज २०८१, आइतबार

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तरगत चार हजार प्रहरी परिचालन गरिएको छ ।

नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्नका लागि प्रदेशभर चार हजार तीन सय ५१ प्रहरी जनशक्ति परिचालन गरिएको हो । चाडपर्वको बेला हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरुलाई रोकथाम, नियन्त्रण तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

“चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर सो योजना कार्यान्वयन गर्न÷गराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखित संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ,” उहाँले भन्नुभयो, “परिचालित प्रहरीहरुलाई एक हजार तीन सय २९ ड्युटीमा खटाएका छौं ।” उहाँका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र दुई सय ५२ जना ट्राफिक प्रहरी रहेका छन् ।

चाडपर्वका बखत जुवातास, मादक पदार्थ सेवन र त्यसबाट हुने आपराधिक घटना, सवारी दुर्घटनाका घटना, बैंक तथा वित्तीय संघ÷संस्थालगायतका क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने एकीकृत सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

सुरक्षा योजना अनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा एकसय ४५ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश तथा जिल्ला रिजर्भ टोली १४ वटामा चार सय एक प्रहरी जनशक्ति परिचालन गरिएको छ र उक्त टोली भवितव्य रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताउनुभयो ।

त्यसैगरी, ४८ मोबाईल गस्ती टोलीमा दुई सय ३४, एक सय दुई मोटरसाईकल गस्तीमा एक सय ५२, पैदल गस्ती अन्तरगत दुई सय ३३ वटामा छ सय २७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्यूआरटी) परिचालनमा दुई सय ४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राईकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ प्रहरी परिचालन गरिएको जनाइएको छ ।

यस्तै लामो तथा छोटो दुरीको एकसय वटा गस्तीअन्तरगत तीन सय ७७ जना प्रहरी खटाइएको छ । नियमित, विशेष तथा आकस्मिक चेकिङ १६२ स्थानमा हुँदा तीन सय ९०, ८५ ठाउँमा ट्राफिकसहित एक सय ९९ र बैंक, वित्तीय सङ्घ–संस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षालगायत अन्य स्थानमा समेत गरी एक सय ९८ स्थानहरुमा सात सय ५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्