OnlinePana

आज : २०८३ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १५, २०८१ सुर्खेत
५०१ पटक

१५ असोज २०८१, मंगलबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु.५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट पीडित भएका नागरिकहरुको राहत सहयोगका लागि रु.५० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी र पहिरो जस्तो प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दैै प्रदेश सरकारले शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यसैगरी, आजको बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन आज असोज १५ गते राति १२ः०० बजेबाट अन्त्य गर्न कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्