भदौ २२ गते । जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठानले रु एक लाख राशी सहितको प्रथम पुरस्कार जितेर बिजेता टिम बनेको छ । प्रतियोगितामा मदन भण्डारी मेडिकल कलेज दृतीय भएको छ, मदन भण्डारी प्रतिष्ठानले रु ७५ हजार राशी सहित दृतीय स्थान हाशिल गरेको हो ।
यसैगरी रु ५० हजार राशी सहित तेस्रो स्थान किष्ट मेडिकल कलेजले हात पारेको छ । भाद्र १६ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कर्णाली प्रतिष्ठान सहित ६ वटा प्रतिष्ठान तथा मेडिकल कलेज सहभागी भए । प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वाधिक २१ पदक जितेको आयोजकले जनाएको छ । जसमा ११ विधामा स्वर्ण पदक, ७ विधामा कास्य पदक, ३ विधामा रजत पदक जित्न सफल भएको छ । खेल संयोजक विवेक पुन मगरका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले मकवानपुरले दुईवटा स्वर्ण, एक कास्य र दुई रजतमै जित्न सफल गरेको छ । कुल ६ पदक जितेको किस्ट मेडिकल कलेज ललितपुरले एक स्वर्ण,दुई कास्य र तीन रजत पदक जित्न सफल भएको हो । खेल प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजले एक स्वर्ण, २ रजत र १ कास्य पदक पाएको छ । यसैगरी राजर्षिजनक विश्वविद्यालय, जनकपुरधामले तीन रजत र तीन कास्य पदक जित्दै चौथो स्थान हासिल गर्न सफल भएको छ ।
विजेता टिम र खेलाडिलाई प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रावल सहितका अतिथिहरुले चेक, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कसले कुन खेल जित्यो :
खेल प्रतियोगिता विभिन्न विद्यामा प्रतिस्पर्धा गराईएको थियो । आयोजक कर्णाली प्रतिष्ठानका अनुसार पुरुष भलिवलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला बिजयी भएको छ भने दृतीय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । यसैगरी महिला भलिवल प्रतियोगितामा पनि कर्णाली प्रतिष्ठान प्रथम भएको छ । क्रिकेटमा कर्णाली प्रतिष्ठानलाई हराउदै किष्ट मेडिकल प्रथम भएको छ । टेवुल टेनिसमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रथम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दृतीय भएको छ ।हाजिरीजवाफ प्रतियागितामा १४ नम्बर ल्याएर प्रथम, महाराजगञ्ज मेडिकल कलेज ८ नम्बर ल्याएर दृतीय र किष्ट मेडिकल ७ नम्बर ल्याएर तेस्रो स्थान ल्याउन सफल भएको छ ।
कविता प्रतियोगितामा महाराजगञ्ज मेडिकल कलेजका प्रयास पौडेले प्रथम हुनु भएको छ । कर्णाली प्रतिष्ठानका विवेक कुमार यादव दृतीय र प्रतिष्ठानकै निराजन चापाई तेस्रो हुनु भएको छ ।
एक सय मिटर टर केटाको दौडमा कर्णाली प्रतिष्ठानका भैरव महत प्रथम, दोस्रो विशेष विष्ट र तेस्रो मदनभणडारीका अमरनाथ शाह भएका छन् ।
रेनु बस्नेत कर्णाली प्रतिष्ठान प्रथम, रञ्जना कुमारी शाह राजर्सी जनक विश्वविद्यालय दृतीय र सुमित्रा रावत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तेस्रो भएका छन् । यसैगरी केटी १५०० मा ऐश्वर्य थापा कर्णाली प्रतिष्ठान, तृतीय ज्योति चौधरी राजर्सीजनक विश्व विद्यालय रहेका छन् ।
यसैगरी केटा ५००० मिटर दौड प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लोकमणि बोहरा प्रथम भएका छन् । दृतीय महाराजगञ्ज मेडिकल कलेजका राजन सार्की र तेस्रो राजर्शी विश्व सवद्यालयका कमल शाहीले जित हाशिल पारेका छन् । फुटवल प्रतियोगितामा किष्टलाई हराउदै मदन भणडरी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जित हाशिल गरेको छ । किष्ट मेडिकल कलेज ललितपुर सँगको फाईनल खेलमा पेनाल्टी सुट आउटमा खेल जितेको आयोजकले जनाएको छ ।