OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १५, २०८१
९० पटक

 १५ भदौ २०८१, शनिबार

कणाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालय स्थापनाले पठन संस्कृति विकास गर्ने बताउनुभएको छ ।

पुस्तकालय दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतले आफ्नो पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुस्तकालयले मानव मष्तिष्कलाई ज्ञान विज्ञानका कुरा संग्रह गर्न सघाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकालय मानव जीवनको बौद्धिक तथा मानसिक विकासको द्योतक हो । यसले हराउँदै गएको पठनीय सोचलाई जागृत गर्नेछ ।”

स्थापना भन्दा पनि त्यसलाई निरन्तरता दिने कुरा ठूलो भएको बताउँदै उहाँले उक्त पुस्तकालय मष्तिष्क विकासको ठूलो खुराक हुने जनाउनुभयो । पुस्तकहरुको अध्ययनबाट विभिन्न खोज अनुसन्धान गरी नेकपा एमालेलाई अरु दल भन्दा फरक र योग्य छ भन्ने देखाउन सबैलाई पुस्तक अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार पुस्तकालय स्थापना र सञ्चालनमा सरकार भन्दा पनि नागरिक आफै सचेत हुनुपर्दछ ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले पछिल्लो समयमा पठन संस्कृति कम हुँदै गएकोले नेता कार्यकर्ताहरुमा अध्ययन, अनुसन्धान तथा नयाँ चिन्तनबाट खोजीको विकास गर्न पुस्तकालय स्थापना गरिएको जनाउनुभयो । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेता गेहेन्द्रप्रसाद दहाललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्