OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १५, २०८१सुर्खेत
३३ पटक

१५ भदौ २०८१, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा बोल्दै सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाएपनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरु केही नगरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीले जितेन, सधै हा¥यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।”

राजनीतिकमा आँट, तागत र ढंग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने जिकिर गर्नुभयो । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उहाँले भन्नुभयो, “विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।” घण्टीसँगै जिम्मेवारी, जनताको एजेण्डा बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उहाँले दावी गर्नुभयो ।

पुराना राजनीतिक पार्टीहरुलाई विदाई गर्न रास्वपा जन्मेको उहाँको जिकिर थियो । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताउनुभयो । महामन्त्री बुर्लाकोटीले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गर्नुभयो । सभापतिलाई अनावश्यक दुख दिन समिति बनाए पनि त्यो गलत सावित हुँदै गएको जनाउँदै उहाँले वर्षौदेखि रजगज गरेकाहरुले भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । सासंद विनिता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्