OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८१ सुर्खेत
१४८ पटक

४ भदौ २०८१, मंगलबार

कुसे गाउँपालिका ७ जाजरकोट धनरासी गाउँ निवासी ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहिन् हुनुभएको छ । शाही कुसे गाउँपालिका ७ स्थित जनता मावि समाईलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुनुहुन्छ ।

उहाँ साउन १४ गते घरबाट नेपालगञ्ज हिड्नुभएको थियो । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मिना दैलेखी होटेलबाट बेलुका चार बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिड्नु भएका आफन्त गोपी सिंहले जानकारी दिनुभयो । “साउन महिना विद्यालय विदा भएकोले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केट केही कपडा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मिना होटेलमा पुगेका हौं । जेठानले जुम्लाबाट रु ४० हजार दाईले पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिदा धेरै बसाई भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ः०० बाहिरिएपछि उहाँ फर्कनु भएन ।”

साउन २६ गतेसम्म आउनुहुन्छ कि भनेर बस्दा नआएपछि घरमा ससुरा (शाही)को बुबा हंसबहादुर शाहीलाई खबर गरेको उहाँले जनाउनुभयो । ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि उहाँले आफै निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजी दिनका लागि उजुरी हालेको बताउनुभयो । भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसक्नुभएका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

शिक्षक शाहीका बुबा हंसबहादुर शाहीले छोरा र ज्वाईं गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउछु भनेपनि नफर्केको भन्ने खबर पाएपछि आफू त्यही पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि स्वीच अफ छ । खाना खाएको रु.१६ हजार नौ सय पुगेपछि ज्वाई गोपी छोरा आउने आशमा त्यही बस्नुभएको रहेछ ।”

होटल धनीलाई पछि तिरौंला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोख्नुभयो । हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उहाँले प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।

उक्त होटल धनी मिना सुनारले साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेर खाएको बताउनुभयो । साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिएको हो भन्ने थाहा नभएको बताउँदै होटल धनी सुनारले उहाँ नफर्केपछि खोजीनीति सुरु भएको बताउनुभयो । उहाँका अनुसार दुवै जनाले खाएको रु.१६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनी आएर पछि तिरौंला भनी नागरिकतालगायतका आवश्यक कागजात लिएर घर फर्केपनि शाही आजका दिनसम्म सम्पर्कमा आएका छैनन् ।

प्रतिकृया दिनुहोस्