OnlinePana

आज : २०८१ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश वि.कसाउन १७, २०८१ जुम्ला
१८६ पटक

गुठिचौर गाँउपालिकामा जल र जंगलका विषयमा सरकारवालहरुसँग मौसम पुर्व सुचनाका विषयमा छलफल भएको छ । गुठिचौर गाँउपालिकामा प्रकृति जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि कार्यक्रम अन्र्तगत(युएसएआईडि)को आर्थिक सहयोग र द स्माल अर्थ नेपालको आयोजनामा सरोकारवालाहरुसँग मौसम सम्बन्धि पुर्व सुचनाका विषयमा छलफल सकिएको हो । छलफल पछि स्वाउदो खालको मौसम सम्बन्धि जानकारि लिने उदेश्यले मोवाईल एपस्, एमएस, मोवाईमा कल लगाएतका विषयमा छलफल भएको थियो । यसले गर्दा विपदबाट वच्न सहयोग पुग्ने भएको छ । मौसमको पूर्व सूचना दिने प्रणाली द स्माल अर्थ नेपालको पहलमा वन्न लागेको हो । यसमा सरकारको सहयोगको अपिक्षा गरिएको छ । पुर्व सुचनाको विकासका लागी जल जंगल कार्यक्रमाले महत्वपुर्ण भुमिका खेल्ने भएको छ ।

त्यस्तै गुठिचौर गाँउपालिका वडा ५का वडा अध्यक्ष कमल वहादुर महतले जुम्ला जस्तो बिकट ठाँउमा जलवायु परिवर्त सम्बन्धि जानकारि पाउनु सुखद पक्ष भएको वताउनुभयो । उहाँले भनुभयो, जलवायु परिवर्तनले किसान घाटामा व्यह्रोनु परेको वताउदै, पुर्व सुचना पाउनु राम्रो भएको वडा अध्यक्ष महतले वताउनुभयो । अचानक प्रकृतिमा हुने अस्वाभाविक मौसम परिवर्तनका कारण मानवजीनवमा नकारात्मक असरपर्ने वडा अध्यक्ष महतले वताउनु भएको हो । मौसम, बाडि पहिरो अन्य विपदको कुराको जानकारि पाउन सके जनधनको क्षेतिबाट बच्न पनि ठुलो सहयोग पुग्ने उहाँको भनाई छ ।

त्यस्तै, द स्माल अर्थ नेपालका अध्यक्ष धिरज प्रधानाङ्गगले विपद सम्बन्धि छिटो सुचना दिनका लागी (मोवाईल एपस्, एमएस, मोवाईमा कल) मध्यको व्यवस्थापन गरिने वताउनु भएको छ । किसानका लागी सजिलो र सहज वनाउनका लागी यो कार्यक्रमको आयोजना गरिएको उहाँले वताउनु भएको छ । उहाँले भनुभयो, तपाईको सुझावका आधार एपस,मोवाईल एमएस, फोनकल लगाएत सजिलो वनाउने वताउनुभयो । जलवायुमैत्री पूर्वाधार व्यवस्थापन पद्धति अवलम्बन गरिनुपर्ने द स्माल अर्थ नेपालका अध्यक्ष प्रधानाङ्गगले सुझाव दिनुभयो ।

गुठिचौर पालिकामा४ महिना यो कार्यक्रम संचालन हुने भएको छ भने, यो अवधिमा विभिन्न मौसम सम्बन्धिका कुराको जानकारि दिने उहाँको भनाई छ । जल जंगलको संरक्षण गरेमात्रै मानव अस्तित्व रहने उहाँले वताउनु भएको छ । जलवायु परिवर्तनसँग जोडिएका विषयलाई सम्बोधन गर्न कार्ययोजना बनाएको वताउनु भएको छ ।

त्यस्तै, (युसआईडि)का प्रतिनिधि भरत चौलागाईले कृषि र किसानका लागी कार्यक्रमले प्राथामिकता दिएको वताउनु भएको छ । पुर्व सुचनाको विकासका लागी यो कार्यक्रममाले महत्वपुर्ण भुमिका खेल्ने उहाँले वताउनु भयो । जल जंगल कार्यक्रम वर्दियाको राजापुर र जुम्लाको गुठिचौर गाँउपालिकामा संचालन भएको उहाँले वताउनु भएको छ ।

कार्यक्रम उदेश्य भनेको पास्थितिक प्रणालीको स्वास्थ्यमा सुधार,वातावरणिय अपराधको राकथाम तथा नियन्त्रण र प्राकृतिक स्रोतको सुरक्षा र प्रकृतिको जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा गर्ने(युसआईडि)का प्रतिनिधि भरत चौलागाईले वताउनु भएको छ । उहाँले भन्ुभयो, युएसएआईडिद्धारा संचालित जल जंगल परियोजनाले विगतका वन जलस्रोत संरक्षणका क्षेत्रमा लगानी गदै, देशका वहुमुल्य प्राकृतिक संरक्षण सयोग पुयाउने चौलागाईले भएको छ ।

कार्यक्रम संचालन भएका ठाँउको ३ लाख मानिसहरुलाई जलवायु परिवर्तन र जोखिम न्युनिकरणका विषयमा कार्यान्वयन गर्ने चौलागाईको भनाई छ । पुर्व सूचना प्रणाली प्रभावकारी वनाउने विपद्का घटना न्युनिकरणमा सहयोग पुग्ने भएको छ । जल जंगल कार्यक्रमको भौगोलीक कार्य क्षेत्रक रुपमा चितव अन्नपुर्ण भु–परिधि, तराई भु–परिधि, कर्णाली संरक्षण भु–परिधि, कैलाश पवित्र भु–परिधि लगाएतका ठाँउमा लगानि गरि काम गरिएको वताएको छ ।

विपद्बाट हुने क्षति न्युनिकरणका लागि विभिन्न पहल भइरहेका छन् । हरेक वर्ष वर्षातको समयमा बाढी, पहिरो, डुबानलगायत विपत्तिबाट अकल्पनीय जनधनको क्षति हुने गरेको छ । विपद्सँग जुध्ने सरकारका प्रतिकार्ययोजना प्रभावकारी नहुँदा मानवीय र भौतिक क्षतिको हुने गरेको छ । विपद् व्यवस्थापनका मध्ये मौसमका वारेमा पूर्वसूचना दिनका लागि व्यवस्था गरिएको पुर्व सूचना प्रणाली पनि एक हो ।

प्रतिकृया दिनुहोस्