४ जेठ जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको छ ।
देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रतिष्ठानमा स्वास्थ्यकर्मी र पत्रकहरूको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।
करिब १८ जना पत्रकारहरुको स्वाव संकलन गरिएको र संकलन गर्ने क्रम जारी रहेको नेपाल पत्रकार महासंघका केन्दिय सदस्य पुर्णप्रसाद चौलागाईले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, प्रतिष्ठानमा कर्मचारि, स्वास्थ्यकर्मी र जिल्लाका पत्रकारहरु २६६ जनाको स्वाब संकलन गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा नरेश थापाले जानकारि दिनुभयो । संकलन गरिएको स्वाव जुम्ला अस्पतालमा पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिने र संकलन गरिएको स्वाबको रिपोर्ट भने एक दिनपछि आउने अस्पतालले जनाएको छ । कोराना भाईरस रोकथामको अग्रमोर्चामा खटिएका सवै स्वास्थ्यकर्मी र पत्रकारहरुको स्वाब संकलन गर्नुपर्ने बताईएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ठूला क्षमताको पिसिआर मेशिन ल्याएपछि परीक्षणमा तीब्रता बनाएको छ । यस अघि आठ सय ४७ जनाको एकै दिन र त्यो भन्दा पहिले गरी जुम्लामा एक हजार दुई सय ६३ जनाकै परीक्षण गरि नेगेटिभ आईसकेको छ ।
यसैगरी कर्णालीभरी प्रदेश सरकारले संकलन गर्ने अभियान पनि तिब्र गतिमा भईरहेको जनाईएको छ ।
काेरपाटीजेठ ४, २०७७जुम्ला
५०२ पटक
- प्रदेश (क) माओवादी नेतृत्वका जनप्रतिधिको एकैसाथ प्रगति सार्वजनिक
- रास्वपालाई जनताको ईन्द्रेणी बनाउँछौंः संयोजक थानी
- कर्णालीमा फुटवलको जनशक्ति उत्पादन गर्न ‘यौद्धा फुटबल एकेडमी,
- २० लाख मुनिको ऋण मिनाह गरिदिने दुर्गा प्रसाईको आश्वासन
- विधुत लाईन परीक्षण सम्बन्धी अन्यन्त जरुरी सूचना
- शिक्षा, समाज र भविष्य
- जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने
- माओवादीको आठ स्थानीय तहमा वैठक तथा प्रशिक्षण सम्पन्न
- सार्वजनिक शिक्षा सुधारका लागि दश जिल्लाका तेह्र विद्यालय छनोट
- प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री पद दावी गर्न आह्वान