OnlinePana

आज : २०८२ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २५, २०८०
११९ पटक

२५ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

‘सम्मानित काम, उचित पारिश्रमिक, र हिंसा रहित जीवनयापन’ गर्न पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार भएको बताउँदै महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै विश्वभर हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आएको बताउनुभयो ।

इतिहासलाई नियाल्दा विश्वमा भएका श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांँस्कृतिक अधिकार प्राप्तिको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको हो। नेपालमा नागरिक तथा राजनैतिक अधिकार प्राप्तीका लागि समय समयमा भएका विभिन्न आन्दोलन, संघर्ष , महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ।

जनताको लामो संघर्ष को उपजको रुपमा रहेको नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ। संविधानमा नै महिलाको ३३ प्रतिशत संसद्मा प्रतिनिधित्व सुरक्षित गरेको छ। तिनै तहका सरकारमा महिला सहभागिता हुनुले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आगामी दिनमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि समाजमा महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउन राज्य, समाजिक संघ संस्था लगायत सबै निकायहरू अग्रसर हुनु आवश्यक छ।

नेपालको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ। महिला र पुरुष समान उर्जा र हिस्सेदारीले मात्र समाजलाई अघि बढाउन सकिन्छ। महिलाहरूको हक, अधिकार र सम्मान प्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानतामा केन्द्रित भएर सबै आ–आफ्नो तर्फबाट योगदान गरौं। अन्त्यमा, यस ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय स्थापित गर्न लागि थप उत्साहका साथ काम गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस्