OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १७, २०७९
३३१ पटक

१७ पुस २०७९, आइतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले लागूऔषध रोकथामको विशेष कार्ययोजना बनाउन थालिएको बताउनुभएको छ ।

सुर्खेत प्रहरीको प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक थापाले आज पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा लागु औषधको नियन्त्रण तथा न्यूनीकरण पहिलो सर्त रहेको बताउनुभयो । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकोले यसलाई सुरक्षित सहर बनाउने आफ्नो प्रयत्न गरिने उहाँले बताउनुभयो ।

“सुर्खेत कर्णाली प्रदेशको मुटु भएकोले तपाई पत्रकारहरुको पृष्ठपोषण र सुझाव लिएर अपराध नियन्त्रण र शान्ति सुरक्षाका काम अगाडि बढाउँछु,” प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “पछिल्लो समयमा लागुऔषध समाजमा सबैभन्दा ठूलो चुनौति बन्दै गएकोले सुर्खेतलाई सुरक्षित सहर बनाउनमा जोड दिने योजनामा लाग्छौं ।”

सुर्खेतलाई सुन्दर, शान्त र सभ्य सहर बनाउन नागरिक, समुदाय, स्थानीय तथा प्रदेश सरकार लगायत सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले सबैले हातोमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । लागु औषध ओसारपसार, चोरी निकासी, झगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी जस्ता कुराहरुको नियन्त्रण गर्न पत्रकार र प्रहरीको विशेष भूमिका रहने प्रहरी उपरीक्षक थापाको भनाई थियो ।

प्रतिकृया दिनुहोस्