OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १८, २०७७ सुर्खेत
३०२ पटक

सुर्खेत, १८ बैशाख : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गर्नुभएको छ ।
तातोपानी गाउँपालिका ४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गर्नुभएको हो । आज दिउसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला तातोपानी घर बताउने एक महिलाले रुँदै श्रीमान्ले अकैलाई बिबाह गरेर हिडेको र आफू बिचल्लीमा परेको सार्वजनिक भिडियो हेर्ने बित्तिकै मन्त्री भण्डारीले तत्काल आफ्नै स्वकीय सचिव लक्ष्मण थापाको नेतृत्वको टोलीलाई उद्धारका लागि खटाउनुभएको थियो ।
दिउसो ३ः०० बजेदेखि खोजी कार्यमा लाग्दा ७ः३० बजे वीरेन्द्रनगर नगरपालिका ३ एरिचोक सुर्खेतमा सडक पेटीमा आश्रय लिएको अवस्थामा भेटाएको कानूनमन्त्री भण्डारीले बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटाएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो । “नेपालीसँग मोबाईल नहुँदा उहाँलाई भेटाउन निकै गाह्रो भो,” उहाँले भन्नुभयो, “धन्न एरिचोक नजिक एउटा मेडिकल अगाडिको पेटीमा बसिरहेको अवस्थामा महिलालाई भेटेर उद्धार ग¥यांै ।”
श्रीमान् निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आउनुभएको थियो । “श्रीमान्ले तिमी बिरामी छौं । “सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा रु.पाँच लाख ऋण झिकेको रहेछ,” उहाँले भन्नुभयो, “त्यसको अहिलेसम्म ब्याज नतिरी जुम्लाकै तिला गाउँपालिका १ रारा गाउँबाट अर्की श्रीमती लगेर उतै बसेको छ भन्ने खबर पाए । बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकाी हुँ”
लकडाउनले खान बस्न समस्या भएको देखाएपछि कानूनमन्त्री भण्डारीले चार हजार घर भाडा सहयोग गर्नुभएको उहाँले बताउनुभयो । उहाँले जुम्ला पुगेर श्रीमान्विरुद्ध बहबिबाहको मुद्दा हाल्ने र त्यसका लागि पनि सहयोग दिन गुहार माग्नुभएको छ । उद्धार गरिएकी नेपालीलाई सकेसम्म आज राती १०ः०० बजेसम्म वा भोलिसम्म जुम्ला पठाईने स्वकीय सचिव थापाले जनाउनुभएको छ । रुँदै गरेकी नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्