OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २१, २०७९
४८५ पटक

२१ साउन २०७९, शनिबार

आज एकाबिहानै नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ः२६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको बताउनुभयो ।

भूकम्पको धक्का काठमाडौँलगायतका आसपासका जिल्लामा महसुस गरिएको छ। उहाँका अनुसार ठिक सातदिन अघि आइतबार बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको परकम्पकै रुपमा यी स–साना भूकम्प आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्