OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७९सुर्खेत
३३१ पटक

२५ असार २०७९, शनिबार

कर्णाली प्रदेशसभाका सदस्य बीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरुमा दोब्बर बजेट थप्न माग गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको २०औं बैठकमा आज भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सदस्य शाहीले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्नुपर्ने माग राख्नुभएको हो । “हुम्लामा र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यसले गर्दा सुर्खेतमा लाग्ने विकास खर्च भन्दा ती जिल्लाहरुमा दोब्बरले बजेट बढ्छ ।”

यो अवस्थालाई सरकारले ध्यान नदिई बजेट विनियोजन गर्दा विकट हिमाली जिल्लाहरु मर्कामा परेको टिप्पणी उहाँले गर्नुभयो । चालु आव.२०७८÷०७९ मा सामाजिक विकास मन्त्रालयले हिमालदेखि भित्री मधेशका जिल्लामा रु.४० लाखका विद्यालय भवन निर्माण कार्य समतामुखी नभएको र त्यसबाट हिमाली जिल्लामा पर्न गएको क्षति सरकारले व्यहोर्नुपर्ने उहाँको जिकिर थियो ।

सरकारले अब हिमाली जिल्लाको विकटतालाई बुझेर बजेट दोब्बर गर्नुपर्ने वा आफैले ढुवानी दिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशसभा सदस्य शाहीले कर्णाली सरकारले जगदुल्ला जलविद्युत आयोजनामा शेयर लगानी गरेको प्रति प्रंशसा गर्दै यही २२ गतेको बाढीले डोल्पा पूर्ण क्षेति भएका १० घरका परिवारलाई क्षति तथा राहत उपलब्ध गराउन समेत आग्रह गर्नुभएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले माथिल्लो कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायतका जिल्ला र सुर्खेतलाई समान बजेट विनियोजन कार्य वैज्ञानिक नहुने भन्दै समतामूलक तवरबाट बजेट तथा योजना निर्माण गर्ने यस अघि नै सदनमा बताईसक्नुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्