OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७९सुर्खेत
१९७ पटक

२५ असार २०७९, शनिबार

कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ ।

उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ । उद्योगमन्त्री छिरिङ डम्डुल लामा र कानूनमन्त्री हिमबहादुर शाहीले प्रदेशसभा सदस्यहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिएसँगै छलफल सकिएको हो ।

त्यसपश्चात् भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रायलका बजेटका विभिन्न शीर्षकहरुमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले समानुपातिक विकास आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा भौतिक तथा जलस्रोत मन्त्रालयले योजना सुधार गरेर ल्याएकोको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक देवी ओलीले बहुवर्षीय तथा क्रमागत योजना सरकारले प्रष्ट्याएर ल्याएकोप्रति धन्यवाद दिनुभयो ।

उहाँले कर्णाली र भेरी करिडर तथा अन्य भवन निर्माणको गुणस्तर आउनुपर्नेमा जोड दिनुभयो । विकास पछिल्लो समयमा गर्नका लागि नभई खानका लागि जस्तो भएको औंल्याउँदै प्रमुख सचेतक ओलीले यस्तो प्रकारको संस्कार अन्त्य हुने खालको कानून आवश्यक भएकोमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य बीरबहादुर शाही, दल रावल, मिना रखाल, पद्मा खड्का, राजु नेपाली, करबीर शाही, खड्क खत्री, दानसिंह परियार, बद्मीक्वारी बोहोरा र अमृता शाहीले दुवै मन्त्रालयका शीर्षकहरुमाथि आफ्ना जिज्ञासा तथा प्रश्नहरु राख्नुभएको थियो ।

छलफलका क्रममा आज प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न तथा जिज्ञासामाथि भोलि (आइतबार) बैठकको प्रारम्भमा भौतिकमन्त्री पदमबहादुर रोकाय र जलस्रोतमन्त्री गणेशप्रसाद सिंहले जवाफ दिनेगरी तयारी रहन सभामुख राजबहादुर शाहीले निर्देशन दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्