OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ १६, २०७९जुम्ला,
५३३ पटक

१५ असार । जुम्लाको पातारासी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्य अनुसार पातारासीलाई पुर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो ।

सोमवार पातारासी गाउँपालिकाका १ देखि ७ नम्बर वडाका जन्मेदेखि १ वर्षका ३ सय ८९ र १ देखि २ वर्षका ३ सय ८३ जना गरी जम्मा ७ सय ७५ बालबालिकालाई बीसीजीदेखि टाईफाईड सम्मका १२ प्रकारका सबै खोप लगाइएको छ । पालिका भित्रका दुई वर्ष सम्मका सात सय ७५ बालबालिका पुर्ण खोपको पहुँचमा पुगेपनि पालिका घोषित भएको हो ।
कोभिडका कारणले पुर्णखोप पालिका घोषणा एकवर्षपछि धकेलिएपनि सबै सूचक पुरा गरे पातारासीलाई पुर्णखोप सूनिश्चित पालिका घोषणा गर्न सफल भएको पातारासीका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताउनुभयो ।

उहाँका अनुसार पुर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयम सेविका,स्वास्थ्यकर्मीको विशेष भुमिका रहेको थियो । जस अनुसार ७ वडा उत्कृष्ट ७ जना स्वयमसेविका,स्वास्थ्यकर्मीलाई नगद सहित सम्मान गरिएको छ ।

पातारासीलाई पूर्णखोप सुनश्चित पालिका घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पुर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँका सबै बालबालिका रोग मुक्त र खोप युक्त भएको सन्देश फैलिएको छ । अन्य पालिकाले पनि पुर्ण खोप अभियान चलाउन आबश्यक छ । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशांसा योग्य छ ।”

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले दिगो विकासको मुख्य सुचक मानिने पुर्ण खोप अभियानमा पातारासी सफल भएको बताउनुभयो । बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभई पोषण देखि पुर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि उल्लेखीय विकास मानिने उल्लेख गर्नुभयो ।

२०३० नेपालाई पुर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इट्टा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले भन्नुभयो,“दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिईने छ । पोषणा स्थिती सुधारदेखी औषधी आपुर्ति, नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढंगमा अघि बढ्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले स्वास्थ्य सवैभन्दा महत्वपूर्ण भएकाले वालवासलकाले खोप लगाउने अधिकार सुनिश्चत गर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशाुकिय अधिकृत विष्णु धितालले घोषणा गर्नु भन्दा ठुलो कुरा नभई प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताउनुभयो । विगत दुई वर्षको मेहनतले पुर्ण खोप पालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिन उहाँको अनुरोध छ ।

जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाकाका अनुसार खोप बालबालिकाको नैसर्गिक अधिकार भित्र रहेकाले पुर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको छ । पातारासी अझै शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेकोले पालिका देखि प्रदेश शिक्षा स्वास्थ्यको विकासमा जोड दिनु पर्ने नागरिक अगुवा राजनीति दलको सुझाब छ । पातारासी पुर्णखोप सुनिश्चिता पालिका घोषणा भएको भन्दै जिसस प्रमुख,गापा अध्यक्ष, सिडिओदेखि राजनीतिक दल लगायत स्थानीय हस्ताक्षर समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्