OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १२, २०७९
५९८ पटक

११ जेठ २०७९, बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकबाट बुधबार ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।

उक्त विधेयक उहाँले जेठ ११ गते बुधबार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । योसँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।

 

प्रतिकृया दिनुहोस्