OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २६, २०७८सुर्खेत
१३३१ पटक

२६ चैत २०७८, शनिबार

प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा बालरोग विशेषज्ञ डा.नवराज केसी चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार संघद्वारा आयोजित प्रदेशको कार्य समितिको भेलाबाट डा.केसी संयोजकत्वको नयाँ कार्यसमिति चयन गरिएको हो ।

उक्त प्रदेश कार्य समितिको उप–संयोजकमा डा.शुभ श्रेष्ठ, डा.सुशील समदर्शी, डा.कमल थानी, डा. किशोर विष्ट तथा प्रदेश महासचिवमा डा.विकास खड्का सर्वसम्मत चयन भएको संयोजक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सचिवमा डा.रोशन श्रेष्ठ, डा. तुफानसिंह कठायत र कोषध्यक्षमा डा. कृतिका थापा (श्रेष्ठ) चयन हुनुभएको छ ।

प्रदेश समिति सदस्यहरूमा डा.रोशनी खत्री, डा.शक्ति सुवेदी, डा.धर्मराज रेग्मी, डा.सुवास शर्मा, डा.पारस पौडेल, डा.अर्चना कार्की र डा.जीवन ज्ञवाली चयन हुनुभएको जनाइएको छ । नवगठित प्रदेश समितिले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको संयोजकमा प्रा.डा.डम्बर खड्का, सदस्यद्वय डा.सञ्जु खड्का र डा.विकास केसीलाई तोकिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्