OnlinePana

आज : २०८१ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ १२, २०७८जुम्ला,
८०४ पटक

माघ १२ गते, तातोपानी गाउँपालिका जुम्लाका विपन्न परिवारलाई गाउँपालिकाले स्वास्थ्यवीमा कार्यक्रम शुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत सवै वडाका विपन्नलाई समेटनेगरी कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष कार्यक्रम अन्तरगत प्रत्यक वडामा रु एक लाखका दरले बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । केही उहाँले यो कार्यक्रम निकै फलदायी र उपलब्धीमुलक हुने भएको उहाँले थप्नुभयो ।

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेका अनुसार स्वास्थ्य वीमा गर्न नसकेका बिपन्न नागरिकलाईलाई जीवन रक्षा गर्न जनता सँग अध्यक्ष कार्यक्रम शुरुवात गरिएको छ । यस अघि गाउँपालिकामा विरामी भए भनेर रकम माग गर्न आउने विपन्नहरु एक लाखको स्वास्थ्य उपचार पाएर कार्यक्रमबाट लाभान्वित हुनेछन् । गाउँपालिकाले वडामा अतिविपन्नलाई रु तीनहजार पाँच सय र केही अनुदान गर्न सक्नेलाई रु दुईहजारको दरले सहयोग गरेर स्वास्थ्यवीमा गर्ने लक्ष्य लिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले स्वास्थ्यवीमाबाट लाभ लिने नागरिक बढ्दै आएका छन् ।

तातोपानी गाउँपालिका वडा नम्बर ३ का बीमाअभिकर्ता रेवती रावलले गाउँपालिका जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर ३ मा मात्रै करिब ५० जना बिपन्न नागरिकको जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य वीमा गरिएको जानकारी दिनुभयो । करिब चारसय विपन्न नागरिकलाई स्वास्थ्यवीमा गर्न सकिने गाउँपालिकाको लक्ष्य रहेको छ ।

माघ भित्रै योजना योजना सम्झौता गरिसक्नुपर्ने :
तातोपानी गाउँपालिकाले असारमा मात्रै चटारो गर्ने प्रवृत्ति हटाउन माघ भित्रै योजना सम्झौता गर्न सूचना जारी गरेको छ । पालिकाले असारमा काम गर्ने प्रवृत्ति हटाउन एक्सन शुरु गरेको हो ।
प्रशासकीय अधिकत बुढ्थापाले माघमा सम्झौता गर्ने फागुन, चैत्र, वैशाखमा काम गर्ने र जेठमा सवै भुक्तानी अन्तिम गर्ने उद्देश्यले कार्यपालिकाको वैठकको निर्णय अनुसार कार्यान्वयन गरिने बताउनुभयो । यसका लागि ठूला कामहरुका लागि प्राविधिकहरु पनि फिल्ड पनि खटाई सकिएको छ । उहाँका अनुसार सवै वडामा माघ भित्रै योजना सम्पन्न गर्न पत्राचार समेत गरि सकिएको छ ।

प्रतिकृया दिनुहोस्