OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १६, २०७८
८३९ पटक

१६ मंसिर २०७८, बिहीबार

नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनअन्तगरत कर्णाली प्रदेश अधिवेशनमा शाहीबन्धुले उम्मेदवारी दिनुभएको छ ।

प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट जुम्ला निवासी ललितजंग शाही र संस्थापनईतर (पौडेल) पक्षबाट कालीकोट निवासी भूपेन्द्र शाहीले उम्मेदवारी दिनुभएको हो । प्रदेश सभापतिका लागि संस्थापनतर्फबाट जाजरकोट निवासी राजीवविक्रम शाह, कालीकोटका कालीबहादुर सहकारी तथा पौडेल पक्षबाट जाजरकोटका दिपकजंग शाहको दौडधुप चलेपनि पछिल्लो समयमा सभापतिमा दुवैजना शाहीबन्धुले उम्मेदवारी दिनुभएको छ ।

नेपाली काँग्रेसको बिहीबार सम्पन्न कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रबाट जुम्लाका शाहीलाई उम्मेदवार घोषणा गर्दा महामन्त्री पूर्णबहादुर खड्का उपस्थिति भएपनि पौडेल पक्षका केन्द्रीय सदस्य हृदयराम थानी समुहले अधिवेशनमा नबोलाएको आरोप लगाएको थियो । यद्यपि बिहीबार बेलुका ५ः०० बजे पौडेल पक्षबाट कालीकोटका शाहीले आफ्नो उम्मेदवारी सभापतिमा घोषणा गर्नुभयो ।

प्रतिकृया दिनुहोस्