OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ३, २०७८
७७४ पटक

३ मंसिर २०७८, शुक्रबार

कर्णाली प्रदेशसभाको बैठक यही मंसिर १४ गते आह्वान गरिएको छ । उक्त बैठकमा कर्णाली प्रदेशका वनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने हुनुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ उपधारा (१) अनुसार प्रदेशसभा बैठक यही मंसिर १४ गते आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका प्रवक्ता भीमराज थानीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालयले दिएको सूचना अनुसार मंसिर १४ गतेका दिन कर्णाली प्रदेशसभा बैठकको आह्वान गरिएको प्रदेश सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले जनाउनुभयो । “बैठक मंगलबार दिउसो प्रदेशसभा भवन वीरेन्द्रनगर सुर्खेतमा १ः०० बजे आह्वान गरिएको छ,” निमित्त सचिव जोशीले भन्नुभयो, “कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ ।”

 

प्रतिकृया दिनुहोस्