सुर्खेत, १२ माघ ः कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा कानूनी सहायता सम्बन्धी कार्यविधि २०७६ र बिपत जोखिम बिमा सम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो । बैठकबाट कानूनी सहायता सम्बन्धी कार्यविधि अनुसार २० जना सहजकर्ता नियुक्त गर्ने उहाँले बताउनुभयो । नियुक्त सहजकर्तामा १० वटा जिल्लामा प्रमुख सहजकर्ता र १० जना स्थानीयतहमा सहजकर्तामा नियुक्त गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश खानी अन्वेषण तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेश बाणिज्य सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदानका साथै कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाइ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री केसीले जनाउनुभयो ।
उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कायविधि २०७६ (प्रथम संशोधन) गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०७७÷०७८ मा समपुरक तथा विशेष अनुदानबाट सञ्चालन गर्ने योजना तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरिएको छ । मूलतः आगामी वर्षबाट समपुरक तथा विशेष अनुदानबाट सञ्चालित योजनालाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने योजना निर्माण गरेको छ ।
त्यसैगरी, बैठकले कर्णाली प्रदेशमा कार्यरत कर्मचारीहरुलाइ प्रोत्साहन भत्ता उपलब्ध गराउने, कर्णाली प्रदेशका विमानस्थलहरुको विस्तार तथा स्तरोन्नति गर्ने, पचालझरना गाउपालिका ५ कालिकोट बस्ने मृतक खेलाडी समिपुरा वडेको बुवा रंगे नेपालीलाई आर्थिक सहयोग रकम रु एकलाख उपलब्ध गराउने निर्णय गरेको जनाईएको छ ।
कर्णाली प्रदेश पर्यटन बोर्ड गठन
कर्णाली प्रदेश सरकारले यस अघि लिएको नीतिसँगै प्रदेश पर्यटन बोर्ड गठन गरेको गरेको छ । गठित बोर्डमा यहाँका दशवटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले ११ सदस्य नियुक्ति गरेको छ । .
बोर्डमा नियुक्ति हुने सदस्यहरुमा बबिकिशोर गुरुङ (डोल्पा), ललितजंग महत (जुम्ला), दानसिंह कार्की (मुगु), वेदबहादुर शाही (जाजरकोट)ं, मर्मजंग बम (कालिकोट) र लैकु लामा (हुम्ला) रहेको मन्त्री केसीले बताउनुभयो ।
त्यस्तै, उक्त बोर्डमा विष्णुप्रसाद शर्मा (दैलेख), पहलसिंह घर्ती मगर (रुकुम पश्चिम), लोकबहादुर हमाल (हुम्ला), चिन्तामणि शर्मा (सुर्खेत) र ईश्वरी बुढाथोकी (सल्यान) लाई सदस्यमा नियुक्ति गरिएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
कर्णाली प्रदेश पर्यटन बोर्ड गठन
कोरपाटी संवाददातामाघ १२, २०७६सुर्खेत
५५९ पटक
- कार्तिक २९ गतेको खबरदारी सभाका लागि ६० वटा वडामा माओवादीले खटायो कमाण्डर
- कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोह तयारी पुरा : प्रधानमन्त्रीले उदघाटन गर्ने
- जुम्ला तातोपानीको गोप्थाडा गाउँ : जहाँ छैन एसईई पास जनशक्ति
- जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक
- जुम्लामा माओवादीको वडा, वडामा वेथिति र भ्रष्ट्रचार विरुद्ध खबरदारी सभा सम्पन्न
- सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्धन्द्ध फैलाउने हो : माओवादी केन्द्र जुम्ला
- तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी
- सिञ्जा गाउँपालिका २ वालविवाह मुक्त र शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा वडा घोषणा
- कार्तिक २९ गते माओवादीले वडा, वडामा खबरदारी सभा गर्ने
- सरोकारवालाहरु भन्छन्ः ‘मानसिक स्वास्थ्य’लाई साझा मुद्दा बनाउनुपर्छ’