OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १९, २०७८जुम्ला,
९५९ पटक

नेत्र शाही जुम्ला,
खलंगा साउन १९ गते । दोस्रो लहरको कोरोना भाईरसमा सास्ति भोगेका नागरिकहरुलाई खोप लगाउन शुरु गरेपछि उत्साह थपिएको छ ।
वुधवार देखी भेरोसेल खोपको पहिलो डोज शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका ६ वटा खोपकेन्द्रमा खोप लगाईने भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ । जनस्वास्थ्य सेवा कार्यालयका खोप शाखा प्रमुख वालकुमारी खड्काका अनुसार जुम्लामा पहिलो चरणको कोभिसिल खोप कार्यक्रममा आठ हजार सातसय दुई जनाले खोप लगाएका छन् ।

त्यस मध्यका दुई हजार नौ सय ४८ जनाले दोस्रो डोज खोप लगाएका र वाँकी खोप आउन वाँकी रहेको छ । यस्तै अघिल्लो चरणको भेरोसिल खोपमा एक हजार नौसय ९१ जनाले पहिलो डोज लगाएकोमा एक हजार छ सय ३० जनाले दोस्रो डोज लगाउने कार्यक्रम रहेको छ ।

यस्तै तेस्रो चरणमा पनि जिल्लामा आठ हजार २८ पहिलो डोज आएकोमा शिक्षक, चालक सहचालकलाई प्रथामिकता दिने गरी खोप लगाईएको बताईएको छ । यसैगरी ज्येष्ठ नागरिकहरुलाई पनि खोप लगाउन शुरु गरिएको छ । साउन १३ देखी १५ गते सम्म नगरपालिकामा र अन्य स्थानीय तहमा २१ गते सम्म खोप लगाउने तालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जुम्ला जिल्लामा जिल्लाभरी ११४ खोप केन्द्र रहेका खोप शाखा प्रमुख खड्काले जानकारी दिनुभयो । अहिले जनस्वास्थ्य कार्यालय सहित जिल्लाभरको जनशक्ति यसैमा केन्द्रीत भएको छ ।
सरकारले शिक्षकहरुका लागि पनि खोप लगाउने अवसर दिएकोमा शिक्षकहरु खुशी भएका छन् । शिक्षक जयशंकर धिताल विद्यार्थी सँग समाज सँग प्रत्यक्ष सम्पर्क हुने शिक्षकले खोप पाए भने सुरक्षित हुनेमा जोड दिनुभयो । सरकारले स्वास्थ्यकर्मीहरु सहित अत्यावश्यक काममा लागेका सुरक्षाकर्मीहरु, पत्रकारुहरुलाई पनि खोपको व्यवस्था गरेको छ । खोप लगाएपछि ढुक्कै लाग्ने गरेको उनिहरु बताउछन् । जोखिममा हिड्नुपर्ने अवस्थामा खोपले ढुक्कै बनाएको धेरैले प्रतिक्रिया दिने गरेका छन् । शशत्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले खोपले काम गर्न ढुक्क जस्तै भएको बताउनुभयो ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई प्रथामिकता दिएको थियो । जसमा जुम्लाका एक हजार ४० जना स्वास्थ्यकर्मीलाई खोप लगाईएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय खोप शाखाको तथ्यांक अनुसार करिब आठ सय बढि सुरक्षाकर्मीले खोप लगाएका छन् । यस्तै जिल्लाका करिब ५० जना पत्रकारहरुले खोप लगाएका छन् ।

खोप केन्द्रहरुमा अहिले उत्साह थपिएको देखिन्छ । सरकारले खोप शुरु गरेकोमा ढुक्क हुने आशाका साथ जुम्लाका खोप केन्द्रहरुमा ज्येष्ठ नागरिकहरु पनि खोप केन्द्रमा उपस्थित भएका देखिन्छ । वडा नम्बर ५ मा खोप लगाउन गएका ज्येष्ठ नागरिक नरविर बुुढाले अव खोपले बाच्न सकिने आशा रहेको बताउनुभयो ।

सरकारले सवै नागरिकका लागि खोप घोषणा गरिसकेको छ । अहिले निश्चित लक्षित समुहको मापदण्ड बनाएपनि अव सवैले खोप लगाउने आशा अहिले दुर्गम क्षेत्रमा पनि जागेको छ ।

प्रतिकृया दिनुहोस्