OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ६, २०७८जुम्ला,
९५५ पटक

खलंगा साउन ६ गते ।

कोरोना भाईरसले शिक्षा क्षेत्र अन्यौल पर्दै गएपछि अव घरमा भएपनि विद्यार्थीको हातमा पुस्तक पुर्याईने भएको छ ।
ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक समेत किन्ने अवसर नभएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकमा जिल्लामा अव वालवालिकालाई कम्तिामा पुस्तक हातमा पुरयाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सरोकारवाला निकायहरुबाट गुनासो आएपछि अव निषेधाआज्ञा कम हुदै गईरहेको समयमा कम्तिमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुरयाउन आवश्यक देखिएको छ । उहाँका अनुसार वैठकले वन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक पुरयाउने निर्णय गरेको हो । यसैगरी निजी तथा सरकारी विद्यालयको प्रशासनिक काम शुरु गर्नुपर्ने बनिर्णय गरिएको छ ।

कोरोनाले विद्यालय वन्द भएपछि शैक्षिक क्षेत्र धरापमा परेको छ । कोरोना भाईरसले विद्यालय जाने बाताबरण त भएन तर घरमै पनि पुस्तक पुरयाउनुपर्ने सूझाव पछि कोभिड संकट व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको छ ।

जुम्लामा फागुन देखी शुरु हुने शैक्षिकसत्र प्रभावित हुनुका साथै साउन लागि सक्दा पनि विद्यार्थीको हातमा किताब पुग्न नसकेके पछि पुस्तकमा लागनी गर्न पनि व्यापारीहरुलाई समस्या भएको छ ।
जिल्लाको जिपी स्टेशनरी एण्ड सप्लार्यले यस बर्ष रु २५ लाखका पुस्तक भित्र्याएको बताएको छ । पुस्तक भने बिक्री नहुने डरले अन्य लगानी गर्न नसकिएको प्रवन्धक गणेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन केही मात्रै वाँकी रहेका छन् । तर जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु छुटेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जिल्ला भरी बर्षेनी रु एक करोड ५० लाखका पुस्तक आवश्यक भएपनि कोरोनका कारण विद्यालय नखुलेर बिक्री भएका छैनन् । तर घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्नेमा जोड दिनुभयो । यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको रु १८ लाखको पुस्तक विक्रि नभएर स्टक भएको छ । स्टेशनरीका प्रवन्धक सुमन खड्काका अनुसार रु दुई लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएको बताउनुभयो । उहाँले कोरोनाले विक्री नहुने डरले लगानी गर्न कठिन भएको जानकारी दिनुभयो ।

जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिईसकेको हुदा अव विद्यालयले चाडै विद्यार्थीको हातमा पुस्तक पुरयाउनु पर्ने बताउनुभयो । उहाँका अनुसार केही विद्यालयले त किताब समेत किनेर लिईसकेका छन् । गाउँका विद्यार्थीहरु नत टेलिभिजन कक्षामा सहभागि हुने अवसर भएको छ नत अनलाईन कक्षा लिन पाएका छन् । जिल्लाका ग्रामिण क्षेत्रका विद्यार्थीको भविश्यका लागि पनि पाठ्यपुस्तक अनिवार्य हातमा पुरयाउनु अवको आवश्यकता रहेको छ । जुम्लामा १७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन् ।

प्रतिकृया दिनुहोस्